News

May 9, 2012

नवलपरासीमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तमा पाँच घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 नवलपरासी, वैशाख २७- नवलपरासीको कावासोतीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई गोली लागेको छ। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार गोली लागेर घाइते हुनेमा अग्यौली-३ हेगौलीका विशाल चौधरी, कुमारवर्ती-७ का धनबहादुर थनेत र कुमारवर्ती-६ का टेकबहादुर चौधरी छन्। अन्य घाइतेमा कुमारवर्ती-६ का महेन्द्र मगर र कुमारवर्ती-७ का ताराबहादुर थनेत छन्। घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याइएको छ। संयुक्त थारु सङ्घर्ष समितिको मङ्गलबारको तराई बन्दका क्रममा कावासोती नजिकैको डण्डा बजारमा बुटवल सभामा जान लागेका सहभागीहरुसँग झडप भएको थियो। त्यो झडपको विरोधमा थारु समुदाय बुधबार नवलपुर प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रममा आउँदा प्रहरीसँग कालिगण्डकी अस्पताल नजिकै झडप भएको हो। भिड नियन्त्रण गर्न प्रहरीले १५ सेल अश्रुग्यास हानेको थियो। मङ्गलबार ब्राह्मण-क्षेत्रीको बुटवलमा भएको सभामा जान लागेका सहभागीहरुसँग थारु समुदायको झडप भएको थियो।

No comments: