News

Jul 1, 2008

मधेश मुद्धामा ६ दलबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान संशोधनमा मधेशवादी दलहरुका मागलाई पूरक बिधेयकमार्फत सम्बोधन गर्ने ६ दलबीच सहमति भएको छ । तीन प्रमुख दल र मधेशवादी दलहरुबीच मधेशवादी दलहरुको मागलाई संविधान संशोधनमा पूरक बिधेयकमार्फत सम्बोधन गर्ने सहमति भएको छ । असार १७ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको ६ दलको बैठकले यस्तो सहमति गरेपछि बिधायिका संसदको बैठक सुचारु हुने भएको छ । छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै सदभावना महतोका अध्यक्ष राजेन्द्र महतोले पूरक बिधेयकमा आफ्ना माग सम्बोधन भए संसद सुचारु हुने बताए । सहमति अनुसार, माओवादीका देव गुरुङ, नेपाली कांग्रेसका बिमलेन्द्र निधी र एमालेका भीम रावलले पुरक बिधेयकको मस्यौदा तयार पार्ने जिम्मा पाएका छन् । सिंहदरवारमा बिहान साढे ९ बजेदेखि सुरु भएको छलफलमा सहभागि नेपाली कांग्रेका महामन्त्री बिमलेन्द्र निधीले सरकार र मधेशवादी दलबीच गत फागुन १६ गते भएको सम्झौतालाई संविधान संशोधन बिधेयकको पूरक बिधेयकमा समेटिने सहमति भएको जानकारी दिए । तर, उनले त्यसबेलाको सम्झौतालाई कसरी तथा कस्ता शब्दहरु प्रयोग गरेर समेटिन लागेको भने जानकारी दिएनन् । श्रोतले आजै बिधायिका संसदको बैठकमा पूरक बिधेयक ल्याइने सहमति भएको बतायो । पूरक बिधेयक प्रस्तुत गर्न तथा छलफलमा ल्याउन मूल बिधेयकलाई जस्तो औपचारिकता पूरा गर्न पर्दैन । जस्तो कि, मूल बिधेयक दर्ता गरेपछि त्यो परिपक्क हुन तथा संसदमा छलफलमा ल्याउन ४८ घण्टा पर्खनु पर्छ । श्रोतले तीन जनाको मस्यौदा समितिले पूरक बिधेयकको मस्यौदा तयार पारेपछि आजै मन्त्री परिषदको बैठकमार्फत संसदमा ल्याइने जानकारी दियो ।

No comments: