News

Jul 25, 2008

यातायात बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
आठ विद्यार्थी संगठनले आ≈वान गरेको देशव्यापी र्सार्वजनिक सवारीसाधन अनिश्चितकालीन बन्द बिहीबार रातिबाट फिर्ता लिएका छन्। आठ विद्यार्थी संगठनका प्रतिनिधि र श्रम तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकबीच बिहीबार भएको वार्तापछि विद्यार्थी संगठनहरूले आन्दोलन फिर्ता लिएका हुन्।४५ प्रतिशत सहुलियत दिने निर्णय कार्यान्वयन गर्ने, भाडा विषयमा अनुगमन गर्ने र एक महिनाभित्र खण्डीकरण गरी भाडा तोक्ने विषयमा सहमति भएपछि आन्दोलन फिर्ता लिएका हौं’ -नेविसंघका अध्यक्ष प्रदीप पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो।यसैबीच भाडा सहुलियत कार्यान्वयनको माग गर्दै गरेको आन्दोलनका क्रममा आठ विद्यार्थी संगठनले बिहीबार राजधानीमा संस्थानका सहित दर्जनौं गाडी तोडफोड गरेका छन् भने करिब तीनवटा गाडीमा आगजनी गरेका छन्।बन्द आ≈वानकर्ता विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप हुँदा एक दर्जन विद्यार्थी र तीन प्रहरी गम्भीर घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अस्कल क्याम्पसअगाडि तीन सेल अश्रुग्यास प्रहार गरेको थियो।आन्दोलनकारीले अस्कलमा बा१ज १२९३ नम्बरको संस्थानको गाडीमा आगजनी गरेका छन्। दोहोरो झडप हुँदा प्रहरी जवान दीनानाथ चौधरी घाइते भएका छन्।मीनभवनस्थित ट्रली बसअगाडि झडप हुँदा प्रहरीवृत्त बानेश्वरका प्रहरी जवान दीपेन्द्र पाण्डेको दाहिने आँखामा गम्भीर चोट पुगेको छ भने दमनसिंह कडायत घाइते भएका छन्। घाइते प्रहरीलाई उपचार्रार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।प्रहरीले आन्दोलनमा उत्रिएका डेढ दर्जन विद्यार्थी पक्राउ गरी करिब पाँच घण्टापछि रिहा गरेको थियो। विद्यार्थीले ललितपुरको चापागाउँमा पनि करिब आधा दर्जन गाडीमा तोडफोड गरेका छन्।बन्दकर्ताले बिहीबार दिनभर विभिन्न स्थानबाट आधा दर्जन गाडी नियन्त्रणमा लिएका थिए। यातायात बन्दका कारण राजधानीबाट बाहिर जाने लामो र छोटो दूरीका सवारीसाधन बिहीबार चल्न सकेनन्। बन्दले हजारौं यात्रु अलपत्र परेका छन्।दोहोरो झडप हुँदा मीनभवन क्याम्पसका स्ववियु सभापति राजकुमार घिमिरे, उपसभापति विष्णुहरि पाण्डेलगायत डेढ दर्जन घाइते भएका छन्।खण्डीकरण गरी भाडा निर्धारण गरिनुपर्ने, ४५ प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने, सिन्डकेट प्रथा खारेज गरिनुपर्नेलगायत माग राखी विद्यार्थीले अनिश्चितकालीन र्सार्वजनिक सवारीसाधन बन्द आ≈वान गरेका हुन्।

No comments: