News

Jul 24, 2008

गठवन्धन तत्काल नटुटने निश्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको गठवन्धन नटुटे सरकारमा नजाने अडान माओवादीले राख्दै आएको बेला गठवन्धनको बैठकले गठवन्धन तत्काल नटुटने निश्कर्ष निकालेको छ ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा २५ दलको बैठक सुरु हुनैलागेको बेला नेपाली कांग्रेस संसदीय दलको कार्यलयमा तीन दलको बैठक सकिएको छ । नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीच भएको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तीन दलीय गठवन्धन भंग नहुने स्पष्ट पारे । उता, माओवादी अध्यक्षले भने तीन दलीय गठवन्धन भंग भए मात्र सरकार बनाउने तथा नभए प्रतिपक्षमै बस्ने बताएका छन् । संचारकर्मीहरुसँग कुरा गर्दै पौडेलले राष्ट्रपति, उपराष्ट्रपति र सभाध्यक्षको चुनावको लागि मात्र गठवन्धन नबनेको बताए । सहमति र सहकार्यबाटै लोकतान्त्रिक संविधान बनाउन तथा शान्तिप्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन नयाँ गठवन्धन बनाइएको पनि उनको भनाइ थियो । 'माओवादीलाई पनि यही गठवन्धनमा ल्याइनेछ' पौडेलले भने ।

No comments: