News

Jul 31, 2008

हङकङमा अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेलाको आयोजना गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामी अक्टोबर महिना हङकङमा अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेलाको आयोजना गरिने भएको छ। विश्वभरी छरिएर रहेका नेपाली डायोस्पोराको भाषा तथा साहित्यको साझा संस्था अनेसासले अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यक भेला हङकङमा आयोजना गरिन लागेको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। नेपालभित्र बोलिने विभिन्न भाषा भाषीकाका साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रोत्साहन र पहिचान गराउनु पर्ने आवश्यकता महशुस गरेकोले अन्तर्राष्ट्रिय स्तरको सो भेला आयोजना गरिने लागेको अनेसासले जनाएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा आयोजना गरिन लागेको भेलाका लागि अनेसास केन्द्रीय कार्यसमितिका सचिव पशन तमू (हङकङ) लाई संयोजक तोकेको विज्ञप्तिमा उल्लेख गरेको छ। त्यसै गरी, विश्व भरि रहेका नेपाली भाषा तथा साहित्यमा कलम चलाउने लेखक, साहित्यकार, अनुसन्धानकर्ता, नेपाली साहित्यिक संघ संस्थाका प्रतिनिधि, साहित्य पुस्तक तथा पत्रिका प्रकाशन गृहका प्रतिनिधिलगायतको सहभागिता रहने गरी अन्तर्राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी भानु जयन्तीमा आयोजना गरिन लागेको जानकारीसमेत विज्ञप्तिमा उल्लेख गरेको छ। उक्त सम्मेलनमा साहित्यिक कार्यक्रमसहित नेपाली डायोस्पोरा साहित्य, नेपाली साहित्यको अन्तर्राष्ट्रिय स्तरमा पहुँच, प्रकाशन, अनुवाद, वितरण आदिका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत, छलफललगायत अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको घोषणा पत्र जारी गरिने कुरा समाजका अध्यक्ष डा.कुमार बस्नेत तथा महासचिव कृष्ण बजगाईंद्वारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ।

No comments: