News

Jul 1, 2008

पूर्वयुवराज पारस बिदेसिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकमा गणतन्त्र घोषणा भएको ३१ दिनपछि पूर्वयुवराज पारस बिदेसिएका छन्। छोराछोरीको भविष्य निर्माणका लागि परिवारै लैजाने योजना बनाउँदै पारस मंगलबार दिउँसो सवा १ बजे सिंगापुर प्रस्थान गरेका हुन्।चार जना आफन्तसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट सिंगापुर प्रस्थान गरेका पारस आफना दुइ छोरी र एक छोराको पढाइका लागि विद्यालय र आवासको व्यवस्था गरी डेढ हप्तापछि नेपाल र्फकने बताइएको छ।दिउँसो करिब साढे १२ बजे निर्मलनिवास छाड्नुअघि पारसका अर्दली उद्धव गुरुङले बिहान ११ बजे विमानस्थलमा सरसामान पुर्याएका थिए।पारससँगै बहिनीज्वाइँ राजबहादुर सिंह, धीरेन्द्रकी कान्छी छोरी दिलासाका श्रीमान् आदर्शविक्रम राणा तथा विनोदविक्रमलगायत सिंगापुर प्रस्थान गरेका थिए।छोरी पूणिर्का र कृतिका र छोरा हृदयेन्द्रलाई सिंगापुरकै एक विद्यालयमा पढाउने व्यवस्था मिलाउन पारस सिंगापुर गएका हुन्’ -स्रोतले भन्यो।छोराछोरी र श्रीमती हिमानीलाई लिन पारस डेढ हप्तापछि स्वदेश र्फकने स्रोतले बताएको छ।एउटा मात्र लगेज लिई बा१च ५७४३ नम्बरको कार आफैले चलाई विमानस्थल पुगेका पारसलाई बिदाइ गर्न अत्यन्तै निकट साथीहरू मात्र पुगेका थिए। पारसको तस्वीर खिच्न विमानस्थल पुगेका फोटो पत्रकारलाई प्रहरीले मुख्य ढोकामै रोकेको थियो।नेपाल छोड्नु एक दिनअघि पारसले बाबु ज्ञानेन्द्र, आमा कोमल र बहिनी प्रेरणासँग भेट गरेका थिए।

No comments: