News

Mar 5, 2009

चिम्पान्जीले बनाए औजार कीराफट्यांग्रा मार्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँदर मानिसको पुर्खा हो । त्यसैले मानिसको धेरै आनीबानी बाँदरसँग मिल्छन् । मानिसपछि बुद्धिमान् मानिएको प्राणी चिम्पान्जी हो । जीवनयापनका क्रममा हतियार तथा औजार चलाउने कला यसले जानेको हुन्छ । उसले यो सीप कमिलाजस्ता कीराफट्यांग्राको सिकार गर्न प्रयोग गर्छ । चिम्पान्जी साकाहारी जीव भए पनि यसले सानातिना कीराफट्यांग्रा खान्छ । गणतन्त्र कंगोमा कार्यरत वैज्ञानिकहरूको एक समूहले चिम्पान्जीहरूले कीराफट्यांग्रालाई तिनको गुँडबाट निकाल्न ब्रसजस्तो एक औजार बनाउने र त्यसलाई प्रयोग गर्ने गरेको पत्ता लगाएको छ । यी प्राणीहरू यस्तो औजारलाई माछा मार्न प्रयोग गरिने फिसिङ रडझैं प्रयोग गर्छन् । यी वैज्ञानिकहरूले चिम्पान्जीहरूले आफ्ना दाँतको प्रयोग गरेर यस्तो औजार बनाइरहेको दृश्य क्यामेरामा कैद गर्न भ्याए । रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा अनुसन्धाताहरूले चिम्पान्जीहरूले प्रयोग गरेको मसिनो लठ्ठीको एकापट्टकिो छेउ ब्रसजस्तो भएको उल्लेख गरेका छन् । रेसादार यस्तो औजारका कारण उनीहरू गुँडबाट धेरै कमिला झिक्न सक्छन् । चिम्पान्जीहरू कमिला समाउन किन यति सिपालु छन् भन्ने कुराको रहस्य अब खुलेको छ । प्रमुख अनुसन्धाता क्रिकेट स्यान्जका अनुसार चिम्पान्जीहरूले कमिला-सिकारमा सुधार ल्याउन एक प्रविधिको आविष्कार गरेका छन् । उनी जर्मनीको म्याक्स प्ल्यांक इन्स्िटच्युट अफ इभोलुसनरी एन्थ्रोपोलोजीका वैज्ञानिक हुन् । चिम्पान्जीसम्बन्धी अघिल्ला अध्ययनहरूले पनि जंगली चिम्पान्जीहरूले यस्ता ब्रसजस्ता औजारहरू कमिला समाउन प्रयोग गर्ने जनाएका थिए । तर, यस्ता औजार विशेष सीप प्रयोग गरेर बनाइन्थे या पटक-पटक प्रयोगका कारण यिनीहरू ब्रसजस्ता बन्थे भन्नेबारेमा स्पष्ट भएको थिएन । रिमोट क्यामेरा प्रयोग गरेर वैज्ञानिकहरूले यसको उत्तर पत्ता लगाएका छन् । कमिला गुँडबाट झिक्न प्रयोग गर्ने यो फिसिङ रड बनाउनका लागि चिम्पान्जीहरू सबभन्दा पहिला कुनै बिरुवाको एउटा मसिनो हाँगो भाँच्छन् । त्यसपछि त्यसलाई दाँतको प्रयोग गरेर पातहरू हटाउँछन् र उक्त डाँठको एक छेउलाई कमिला अड्किने रेसादार बनाउँछन् । चिम्पान्जीहरूले यो औजारले कसरी काम गर्छन् र कमिला समाउन यसको कति महत्त्व छ भन्ने कुरा बुझेझैं लाग्छ भन्छन् डा. स्यान्ज । हालसम्म कंगोको गुएलुगो टि्रएंगलमा बसोबास गर्ने चिम्पान्जीहरूले मात्रै यस्तो व्यवहार देखाएका छन् । पूर्वी तथा पश्चिमी अपिmकामा पाइने अन्य चिम्पान्जीहरूमा भने औजार प्रयोगसम्बन्धी यो सीप पाइएको छैन । वैज्ञानिकहरू यस क्षेत्रका चिम्पान्जीहरूले अन्य औजारहरू पनि बनाएका छन् कि भन्नेबारेमा थप अध्ययन गर्न चाहन्छन् ।

No comments: