News

Mar 27, 2009

काठमाडौं नजिकका स्थानमा विमानस्थल स्थापना गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चाप अधिक भएपछि सरकारले काठमाडौं नजिकका स्थानमा साना विमानका लागि छुट्टै विमानस्थल स्थापना गर्ने भएको छ ।नयाँ हवाई कम्पनीसँग उडान सम्झौता भइरहेको र थप कम्पनीसँग उडान सम्झौता हुने तयारीमा रहेको कारण विमानस्थल साँघुरो हुँदै गएको छ । सरकारले पयर्टक संख्या बढाउने योजना बनाएको छ । धेरै पर्यटक आउँदा विमान आगमन संख्या पनि वृद्धि हुन्छ ।काठमाडौंमा अन्तर्राष्ट्रिय र आन्तरिक विमास्थल एउटै भएकाले अन्तर्राष्ट्रिय विमानस्थललाई स्थान अपुग हुने सम्भावनाका कारण साना विमानका लागि छुट्टै विमानस्थल निर्माण गर्ने सोच बनाएको पर्यटन मन्त्रालयले जनाएको छ । अहिले काभ्रेपलाञ्चोकको धुलिखेल र भकुन्डेबेंसीमा विमानस्थल निर्माणका सर्भे भइसकेको र अन्य क्षेत्रको पनि सम्भाव्यता बुभने काम भइरहेको जानकारी पर्यटनमन्त्री हिसिला यमीले दिइन । उनले भनिन्, 'हेलिकोप्टर र टि्वनअटर विमानसहित साना जहाज बाहिर पार्किङ व्यवस्था गर्न सकिए काठमाडौंमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानका लागि पर्याप्त ठाउँ रहन सक्छ ।'साथै, आन्तरिक उडान भर्ने विमान पार्किङ क्षेत्रमा बढ्दै गएको भीडभाड समस्या समाधान गर्न भित्रै छुट्टै स्थानमा हेलिकोप्टर पार्किङ व्यवस्था आगामी असारसम्म सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ ।

No comments: