News

Mar 24, 2009

सरकार र पिछडावर्ग महासंघबीच पाँच बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र पिछडावर्ग महासंघबीच मंगलबार पाँच बुँदे सहमति भएको छ । सहमतिपछि महासंघले शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन र नयाँ संविधान निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ ।शान्ति तथा पुनर्निमाण मन्त्रालयमा तीन घण्टा भएको वार्तामा पिछडिएका समुदायको उत्थान र विकास समितिलाई पूर्णता दिएर कृयाशिल बनाउने सहमति भएको छ ।त्यसैगरी पिछडाबर्ग महासंघका १० बुँदे माग सोही समितिबाट पूरा गर्ने र त्यसलाई सुझाव दिन शान्ति मन्त्रालयको संयोजकत्वमा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि र महासंघका तीन जना रहेको पाँच सदस्यीय सिफारिस समिति बनाउने, रेडियो नेपालबाट पिछडिएको मगही भाषामा समाचार प्रशारण गर्ने, आन्दोलनका क्रममा नियन्त्रणमा लिइएका महासंघका कार्यकर्तालाई रिहा गर्ने सहमति भएको छ ।वार्तामा शान्तिमन्त्री जनार्दन शर्मा तथा महासंघका अध्यक्ष भरत महतो संयोजकत्वको टोली सहभागी थियो । सहमतिसँगै महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

No comments: