News

Mar 5, 2009

कालोसूचीमा परेका तीन सय ७६ जनालाई देश छोड्न प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृह मन्त्रालयले नियतवश ऋण नतिरेर कालोसूचीमा परेका तीन सय ७६ जनालाई देश छोड्न प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद्को निर्णयलाई आधार मान्दै मन्त्रालयले कालोसूचीमा परेकाहरूको राहदानी नवीकरण नगर्न, नयाँ नबनाउन र भएको राहदानी जफत गर्न २६ जिल्ला प्रशासन कार्यालयलाई पत्रसमेत पठाएको छ । मन्त्रालयको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले सम्बन्धित प्रहरी कार्यालयमा ऋणीहरूको तीनपुस्ते नाम र स्थायी ठेगाना खुलाएर राहदानी जफत गर्न पत्र पठाएको छ । प्रहरी कार्यालयमा पठाएको पत्रमा परराष्ट्र र गृहको पत्रसहित सम्बन्धित प्रहरी कार्यालयहरूमा कालोसूचीमा नाम परेकाहरूको राहदानी जफत गर्न निर्देशन दिइएको छ । गृहको १८ फागुनको पत्रमा 'बैंक तथा वित्तीय ऐन ०६३ र २९ माघ ०६५ बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार वित्तीय संस्थाहरूबाट ऋण नलिएर नियतवश ऋण नतिर्नेहरूको राहदानी नवीकरण नगर्न, नयाँ नबनाउन र भएको जफत गर्न' निर्देशन दिइएको छ । प्रहरीलाई पासपोर्ट जफतका लागि पठाएको एकमुस्ट सूचीमा भारतीय र पाकिस्तानी नागरिकको समेत नाम छ ।गृहले काठमाडौं, भक्तपुर, ललितपुर, इलाम, सप्तरी, झापा, सप्तरी, बझाङ, वीरगन्ज, विराटनगर, महोत्तरी, मोरङ, बैतडी, सिन्धुली, रौतहट, रूपन्देही, कैलाली, बाँके, पर्सा, सिन्धुपाल्चोक, कास्कीलगायतका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर तत्काल कारबाही सुरु गर्न निर्देशन दिएको छ । विभिन्न बैंकबाट ऋण लिएर नियतवश नतिरेको भन्दै तीन सय ७६ जनाको नाम सरकारले कालोसूचीमा राखेको थियो । सरकारले अघिल्ला वर्षहरूमा कारबाहीमा परेका पाँच करोड वा सोभन्दा बढीको ऋण नतिर्ने ७० जनाको तीनपुस्ते नाम पनि पठाएको छ । महालक्ष्मी गार्मेन्टका बृजगोपाल इनानी, न्यु मित्तल समूहका रेणुकुमारी मित्तल, विष्णुकुमारी मित्तल, बबिता मित्तल, राजेन्द्रकुमार अग्रवाल, जेपी समूहका सुरेन्द्रकुमार सर्राफ, पूर्वराजपरिवारका नातेदार मोहनबहादुर शाही, गोपाल बहादुर शाही, प्रकाशबहादुर शाहीलगायतको पासपोर्ट जफत गर्न निर्देशन दिइएको छ । कृषि विकास बैंकबाट लिएको ऋण नतिरेर कालोसूचीमा परेका राप्रपा नेता लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दसमेत पासपोर्ट जफतको सूचीमा छन । चन्दका साथै बासुलिङ सुगर एन्ड जनरल इन्डस्टि्रजका विजयकुमार गोयल, सुशीला राणा, हर्कबहादुर चन्द, राजेन्द्रबहादुर चन्द, गणेशदत्त भट्ट र अरुण मल्ल पोसपोर्ट जफतको सूचीमा छन् । लुना नेपाल केमिकल्स एन्ड फर्टिलाइजर्स प्रालिका अशोकुमार सुब्बा, कमला सुब्बा, गंगा लिङदेन, तेजप्रकाश शाह, लानाम सुब्बा, सैसैहाङ सुब्बाको राहदानी जफत गर्न गृहले निर्देशन दिएको छ । नेपाल बैंक लिमिटेडले कालोसूचीबाट हटाएको अमात्य समूहका सदस्यहरूको नाम राहदानी जफतको सूचीमा छ । अमात्य समूहका पियुषबहादुर अमात्य, गंगा अमात्य, विनोदबहादुर अमात्य सञ्जु अमात्य, दमनबहादुर अमात्य र कृष्णबहादुर अमात्यलगायतलाई नेपाल बैंक लिमिटेडले कालोसूचीमा राखे पनि पछि उनीहरूको नाम हटाएको थियो ।पासपोर्ट जफतको सूचीमा पूर्वसांसद वीरेन्द्रकुमार कनौडिया, पूर्वराजा ज्ञानेन्द्रका नातेदार दिवाकर चन्द र रजनी चन्दको नाम छ । सुशीलशमशेर जबरा, खनाल समूहका किशोरकुमार खनाल, सावरमल अग्रवाल, स्पेसटाइमका जमिम शाह र बहादुरकृष्ण अमात्य राहदानी जफतको सूचीमा छन् । सुराना समूहका नीरज सुराना, माउन्टेन एयरका प्रज्ञानशमशेर जबरा, सिद्धिका राणा, शिवेन्द्रबहादुर बस्नेत, धनावल समूहका हरिप्रसाद धनाल मञ्जुदेवी धनाल, किशनदेवी धनाल, अशोक टेस्टायलका मोहन अग्रवाल, जितराम अग्रवाल, किशनदेवी अग्रवाल, सुराना समूहका विजय सुराना, नीरज सुराना, हिमालयन टीका विजयलक्ष्मी शाह, रघु शाह र रवि शाह, महालक्ष्मी गार्मेन्टका सुवासकुमार सर्राफलगायतकाको राहदानी जफतका लागि गृहले निर्देशन दिएको छ ।

No comments: