News

Mar 23, 2009

झापालाई सभा, जुलस र सम्मेलन गर्न निषेधित क्षेत्र घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले झापालाई सभा, जुलस र सम्मेलन गर्न नदिन निषेधित क्षेत्र घोषणा गरेको छ। दमकमा सोमबार हुने पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चको वाषिर्क कार्यक्रममा प्रतिबन्ध लगाउने उद्देश्यले सो निर्णयगरिएको जनाइएको छ। मञ्चले अरुणपूवका नौवटा जिल्लालाई छुट्टै राज्य घोषणा गर्न माग गर्दै कार्यक्रम गर्न लागेकाले त्यसलाई प्रतिबन्ध लगाउने निर्णयभएको झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले बताउनुभयो।बैठकले सोमबारदेखि झापामा प्रहरी स्कर्टिङमा सवारीसाधन सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

No comments: