News

Mar 27, 2009

ठगी गर्ने 'नक्कली मेजर' पक्राउ परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छाउनी अस्पतालमा कार्यरत सेनाको मेजर डा. उमेश सिंह हुँ भन्दै ठगी गर्ने 'नक्कली मेजर' भरतसिंह लामा पक्राउ परेका छन् । विदेश जाने अवसरको खोजीमा रहेका युवालाई छाउनी अस्पताल परिसरमै बोलाएर ११ लाख ठगी गरेपछि नक्कली मेजर भरतसिंह पक्राउ परेका हुन् । युवालाई ठगी गर्दा उनी मेजरले लगाउने पोसाक सजिएका थिए ।२६ वर्षीय भरतसिंह सार्वजनिक स्थानमा समेत सेनाकै पोसाकमा हिँड्ने गर्थे । बुधबार बेलुका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले उनलाई गौशालामा पक्राउ गर्दासमेत उनी मोटरसाइकलमा मेजरकै पोसाकमा थिए ।उनलाई पक्राउ गर्न जाने प्रहरीसमेत मोटरसाइकलमा सवार 'मेजर'लाई देखेर चकित परेका थिए । वृत्तको हिरासतमा रहेका भरतसिंह हिरासतभित्र समेत सैनिक पोसाकमै थिए । कसैले अविश्वास गर्लान् कि भनेर उनले प्रमाणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, छाउनीमा रहेको सैनिक अस्पताललगायतका सैनिक इलाकामा गएर मेजरको पोसाकमा तस्बिर खिचाएका थिए । सेनामा कार्यरत एक साथीसँग सेनाकै पोसाकमा एम-१६ हतियार बोकेरसमेत भरतसिंहले तस्बिर खिचाएका थिए । पक्राउपछि गोठाटारमा रहेको उनको कोठामा छापा मार्न गएको प्रहरीले सातथान नेपाली सेनाको पोसाक र दुईथान सशस्त्र प्रहरीको पोसाकसमेत फेला पारेको छ । नक्कली मेजरको ठग्ने काइदाभरतसिंह साढे दुई वर्ष दुबई प्रहरीमा काम गरेर फर्केका हुन् । वृत्त प्रमुख विश्वराज पोखरेका अनुसार उनी सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक बनेका अंकित भण्डारीसँग मिलेर युवालाई दुबई प्रहरीमा पठाइदिने भन्दै रकम असुल्न सक्रिय थिए । सेनाको मेजरको पूर्ण पोसाक लगाएर हिँड्ने भरतसिंह युवाहरूलाई सैनिक अस्पताल परिसरभित्रै भेट्थे अनि आफ्नो घर-ठेगाना पनि सक्कली मेजर डा. उमेशको घर भएको स्थान गल्फुटार बताउँथे ।वैदेशिक रोजगारीमा जान चाहने ११ जना युवाहरूसँग एकमुस्ट ११ लाख ६० हजार रकम लिएर दुवैजना बेपत्ता भएपछि उनीहरू नक्कली भएको पत्ता लागेको थियो । त्यसपछि पीडित युवा प्रहरीको नयाँबानेश्वर वृत्त पुगेका थिए । प्रहरीमा उजुरी दिँदा उनीहरूले मेजर डा. उमेश सिंह भनेर नै उजुरी दिएका थिए । प्रहरीले उजुरीको आधारमा खोजी गर्दै जाँदा छाउनी अस्पतालमा डा. उमेश नामका गाइनोलोजिस्ट मेजर रहेको, तर उनी ठगी धन्दामा नरहेको पुष्टि भएपछि पीडितहरूको हुलियाको आधारमा नक्कली उमेशको खोजी सुरु गरेको थियो ।पीडितहरूका अनुसार उनी पीडितहरूसँग मेजरको पूर्ण पोसाक र डा. उमेश सिंह लेखिएको नेमप्लेटसहित छाउनी अस्पताल परिसरमै भेट्ने गर्थे । उनी प्रायः बा१७प ९८४५ को वाइबिएक्स चढेर हिँड्थे । पीडितहरूको उजुरीमा उल्लेख छ, 'उनी प्रायः सधैं सैनिक पोसाकमै भेटिन्थे र आफूलाई मेजर उमेशसिंह हुँ भन्थे । उनीसँगै रहेका अंकित आफूलाई सशस्त्र प्रहरी बलमा काम गर्ने बताउँथ्यो र दुवैले हामीलाई दुबई प्रहरीमा पठाइदिन्छु भनेर पैसा माग गरेका थिए ।' अंकितले 'मेरो दाजु प्रहरीमा डिएसपी हुनुहुन्छ सबै काम हुन्छ' भनेरसमेत फकाउने गरेको पीडितहरूको उजुरीमा उल्लेख छ ।डिएसपी पोखरेलेका अनुसार २५ फागुनमा दुबई प्रहरीमा रोजगार पाउने आशामा उनीहरूले लामालाई एकमुस्ट ११ लाख ६० हजार दिएपछि सोही दिन मध्याह्न एक बजेबाट लामा र अंकित दुवै बेपत्ता भएका थिए । दुवै बेपत्ता भए पनि पीडितहरूले उनको खोजी सैनिक अस्पतालबाटै गरेका थिए । उनीहरूले छाउनी अस्पतालमा गएर डा. उमेशको खोजी गर्दा जब सक्कली उमेश फेला परे तब आफू ठगिएको चाल पाएका थिए । पीडितहरू प्रहरी कार्यालयमा उजुरीसहित आएपछि वृत्तले नक्कली मेजर खोज्न १८ दिनअघि प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरेको थियो । डिएसपी पोखरेका अनुसार बुधबार बेलुका विशेष सुराकीबाट खबर आयो शंकास्पद व्यक्ति गौशालातिर मोटरसाइकलमा जाँदैछ । खबर पाएलगत्तै वृत्तबाट टोली खटियो र शंकास्पद मेजरलाई मोटरसाइकलमा गइरहेको अवस्थामा फेला पार्‍यो ।पक्राउ परेको वेलामा समेत सेनानीको दज्र्यानी चिह्नसमेत लगाएर सेनाको पूर्ण पोसाकमा रहेका उनलाई वृत्तमा ल्याएर केराकार गरेपछि उनी ठग रहेको खुल्न आएको थियो । लामा पक्राउ परे पनि अर्का भण्डारी भने अझै फरार छन् । पक्राउ परेका लामाले समेत ठगको मुख्य योजनाकार भण्डारी रहेको दाबी गरेका छन् ।

No comments: