News

Oct 14, 2011

मुस्लिम समुदायद्वारा सुरक्षाको माग गर्दै विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुस्लिम समुदायले सहिद फैजान अहमद संघर्ष समिति गठन गरेर आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । रक्षाको माग गर्दै उनीहरुले आज दिउँसो २ घण्टा काठमाडौँको रत्नपार्कस्थित जामेमा मस्जिद अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले इस्लामिक संघ नेपालका महासचिव फैजन अहमदको हत्यामा संलग्नलाई कारबाही, मुस्लिम समुदायको सुरक्षा लगायतका माग राखेका छन् । नमाजपछि जम्मा भएका मुस्लिम समुदायले निकालेको विरोध प्रदर्शन भद्रकाली, सुन्धारा, वीर अस्पताल हुँद जामेमा मस्जिद अगाडी पुगेर चक्काजाममा परिणत भएको थियो । मुस्लिम समुदायको प्रदर्शनका कारण रत्नपार्क क्षेत्रको यातायात आवागमन प्रभाववित बनेको थियो । यसैबीच, राजधानी बाहिर पनि विभिन्न जिल्लामा मुस्लिम समुदायहरुले हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको जनाइएको छ ।

No comments: