News

Oct 24, 2011

वैद्य समूहद्वारा गोप्य भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, कात्तिक ७- अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईका विरुद्ध टिप्पणी गर्दै हिँडेका एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्ताले सोमबार बाँकेको चीसापानीमा गोप्य भेला आयोजना गरेका छन्। भेरी-कर्णाली तथा थारुवान राज्य समितिका जिल्ला स्तरदेखि माथिल्लो तहका कार्यकर्ताको प्रशिक्षणमा दाहाल-भट्टराई पक्षका कार्यकर्ता भने सहभागी भएका छैनन्। माओवादी बाँके इन्चार्ज प्रकाश सुवेदीले गुटगत रुपमा भेला आयोजना गरिएकाले सबैले भाग नलिएको बताए। उनले बाँकेका १०-१२ जनाले मात्र वैद्य भेलामा भाग लिएको दावी गरे। वैद्य पक्षधरले भने भेलामा ४/५ सयको सहभागीता रहेको दावी गरे। वैद्य समूहले बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुर, सुर्खेत र दैलेखका कार्यकर्तालाई बोलाएको छ। राष्ट्रियता संकटमा परेकाले कार्यकर्ताको बलिदानी अझै जरुरी रहेको तथा सर्वसाधारणले लोकतन्त्रको अनुभुती गर्न नसकेकाले कार्यकर्ताको सक्रियता जरुरी रहेको वैद्य पक्षका नेताले बताएको एक सहभागीले बताए। भेलामा महासचिव रामबहादुर थापा तथा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्यहरू खड्गबहादुर विश्वकर्मा, हरिभक्त कडेल, धर्मेन्द्र वास्तोला लगायत सहभागी छन्।

No comments: