News

Oct 17, 2011

रक्षामन्त्रीका विषयमा फोरम लोकतान्त्रिक बैठकमा छलफल जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री शरदसिंह भण्डारीको राजीनामाको विषयमा टुङ्गो लगाउन अहिले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठक बसिरहेको छ ।रक्षामन्त्री भण्डारीले केही समय अगाडी मधेस विखण्डन हुने खालको चेतावनीपूर्ण अभिव्यक्ति दिएको विषयलाई लिएर प्रतिपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । विपक्षी दलहरुले रक्षामन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताइसकेका छन् । फोरम भित्र भण्डारीलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने विषयमा मतभेद रहेको छ । यसअघि सत्तारुढ दल माओवादी र मधेसी मोर्चाबीचको बैठकमा विवादित मन्त्रीहरुको राजीनामाको विषय टुंगो लगाउन सम्बन्धित दललाई नै जिम्मा दिने निर्णय गरेको थियो । त्यसपछि माओवादीले हत्या आरोपित भूमि सुधार मन्त्री प्रभु शाहलाई सरकारबाट फिर्ता बोलाइसकेको छ भने फोरम लोकतान्त्रिकको सो विषयमा टुंगो लगाउन अहिले बैठक बसीरहेको हो ।

No comments: