News

Oct 13, 2011

बस सुनकोसीमा खस्यो, ४१ यात्रुको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुली, असोज २६ सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस दुर्घट्ना हुँदा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ जना पुरुष छन् भने १४ जना महिला छन्। बीपी यातायातको ना३ख ९४१२ नम्बरको उक्त बस बिहीबार बिहान साढे १० बजे झाँगाझोली- मूलकोट सडकखण्डमा करिब ५ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो। मृत्यु हुनेमा सिन्धुली भद्रकाली बस्ने बस चालक प्रेम थापा, सिन्धुली भिमेश्वर-७ बस्ने युवराज श्रेष्ठ,सिन्धुली भिमेश्वर-८ बस्ने खुस बहादुर श्रेष्ठ,सिन्धुली कमलामाई नगरपालिका-३ बस्ने विकास परियार र उदयपुर बस्ने सिंह बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने सिन्धुली पुरानो झाँगाझोली-९ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अन्य मृतकहरुको हालसम्म सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारको लागि बनेपा र काठमाडौं लगिएको छ। घाइतेमध्ये हालः वतन नखुलेकी रस्मिता श्रेष्ठ, सिन्धुली सिद्धेश्वरी बस्ने २५ वर्षीय बाबुलाल योन्जन,सिन्धुली रतनचुरा-९ बस्ने ३० वर्षीया जानुका श्रेष्ठ र काठमाडौं हाँडीगाउँ बस्ने १८ वर्षीया आशा श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सिन्धुली तिनकन्या-८ बस्ने ३६ वर्षीय नारायण मगर, सिन्धुली डाडीगुरासे-६ बस्ने २४ वर्षीय बद्री गौतम, काभ्रे पात्लेखेत-८ बस्ने ३० वर्षीय जेठो मेजार, सिन्धुली बन्दीपुर बस्ने १५ वर्षीया करुण तामाङ,रामेछाप खिम्ती बस्ने ३२ वर्षीया कल्पना दर्जी, सिन्धुली रानीखोला बस्ने १५ वर्षीय कुवर मगर, सिन्धुली भद्रकाली-३ बस्ने २५ वर्षीय हिमाल तामाङ, कमलामाई नगरपालिका-८ बस्ने २५ वर्षीय कपिल पोखरेल, रामेछाप कठजोर१ बस्ने डेढ वर्षीया स्वस्थि केसी, रामेछाप कठजोर-१ बस्ने २६ वर्षीय रमेश खत्री भने सामान्य घाइते भएका छन्। सामान्य उपचारपछि सिन्धुली डाडीगुरासे-६ बस्ने ६ वर्षीय रञ्जित गौतम डिश्चार्ज भएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकीहरु रातमाटे, दुम्जा,सशस्त्र प्रहरी बल वेश क्याम्प सिन्धुली र नेपाली सेनाको टोली खटिई उद्धार कार्य गरिरहेका छन्। बस घटनास्थलमा पुर्णरूपमा क्षति भई टुक्रा-टुक्रा भएको अबस्थामा छ। उकालो सडक र क्षमता भन्दा बढी यात्रुका कारण बस अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ भने यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

No comments: