News

Oct 21, 2011

प्रधानमन्त्री जहाज किन्न सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ४- नेपाल वायुसेवा निगमलाई नयाँ जहाज किन्न प्रधानमन्त्री बाबुराम भट्टराई सकारात्मक देखिएका छन्। साढे दुई दशकदेखि एउटा पनि जहाज थप्न नसकेको नेपाल वायुसेवा निगमलाई प्रधानमन्त्री भट्टराईको ढाडसले केही त्राण दिएको छ। एनेकपा माओवादीको पहिलो सरकारमा अर्थमन्त्री हुँदा भट्टराईले नै बजेट वक्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुई ठूला जहाज किन्ने घोषणा गरेका थिए। भारत सरकारको निमन्त्रणामा बिहीबार नयाँदिल्ली भ्रमणमा निक्लिएका प्रधानमन्त्री भट्टराईलाई उहीँसम्म पुर्‍याउन सँगैसँगै गएका निगमका कार्यकारी अध्यक्ष मनरुप शाहीसँगको वार्तामा जहाज किन्न उनले सरकारी सहयोगको आश्वासन दिएका हुन्। सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वजावाहक निगमका जहाज प्रयोग गर्ने गरिएको छ। सरकार प्रमुख जुनसुकै देश जाँदा पनि निगमका प्रमुख त्यही देशसम्म पुर्‍याउन जाने र फर्किंदा उहीँसम्म लिन जाने निगमको 'परम्परा' छ।

No comments: