News

Oct 27, 2011

जमकट्टेलका आक्रमणकारी पूर्वलडाकु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - केन्द्रीय अनुसन्धान ब्यूरोले माओवादी मजदुर नेता एवं सभासद् शालिकराम जमकट्टेलमाथि आक्रमणमा संलग्नमध्ये चार जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तीन जनालाई मकवानपुरको हेटौंडा र एक जनालाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अधिकांश माओवादी पूर्वलडाकु छन् । पक्राउ पर्नेमा जनमुक्ति तेस्रो डिभिजनबाट भागेका मकवानपुर बासामाडीका प्रभात भनिने राम पुडासैनी र आग्रा- ३ का ईन्द्रबहादुर शाही ठकुरी छन् । यसैगरी बासामाडी- ५ का अयोग्य लडाकु नविन भनिने सुदीप कार्की र अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ तथा क्यासिनो नेपाल मुल ईकाई समिति सदस्य सेक्युरिटी गार्ड खोटाङका कमल बुढाथोकी छन् । ब्यूरोले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो । नेता जमकट्टेलमाथि भदौ १० गते राजधानीको बबरमहलमा आक्रमण गरेको थियो ।

No comments: