लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली माओवादी नेतामाथि विगत आठ वर्षदेखि भारतमा चल्दै आएको मुद्धा फिर्ता भएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयको आग्रहमा सरकारले ती नेपाली माओवादी नेताहरु विरुद्धको मुद्धा फिर्ता लिने भएको हो । भारतको विहार राज्यस्थित पटना जिल्ला अदालतले ११ माओवादी नेताविरुद्ध ८ वर्षदेखि चल्दै आएको मुद्धा खारेज भएको हो । बिहारस्थित पटना जिल्ला अदालतमा नेपाली माओवादी नेताहरु चित्रबहादुर श्रेष्ठ, लोकेन्द्र बिष्ट, कुलबहादुर केसी, कुमार दाहाल, हीतबहादुर तामाङ, अनिल शर्मा, दीलिप महर्जन, रन्जु थापा, सुमन तामाङ, श्यामकिशोर प्रसाद यादव र मीन प्रसादको बिरुद्धमा भारतबिरुद्ध गतिविधि गरेको लगायतका अभियोगमा मुद्दा चलिरहेको थियो । एडिसनल जिल्ला न्यायाधिस बारिष्ठ नारायण सिंहले राज्य सरकारद्वारा मुद्धा फिर्ता लिन गरेको निवेदनमा सुनुवाई गर्दै अभियोग खारेज गरिएको त्यहाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
No comments:
Post a Comment