लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रातो पासपोर्ट दुरुपयोग गर्ने सभासद्को सुचिमा फेरि अर्की सभासद थपिएकी छिन् । महिला सभासद् समूह (ककस) को संयोजक समेत रहेकी निलम बर्मा पनि रातो पासपोर्ट दुरुपयोग गर्नेको सूचिमा परेकी हुन् । सभासद् बर्माले रातोपासपोर्ट दुरुपयोग गरेको जानकारी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सम्बन्धित निकायले अनुसन्धान प्रारम्भ गरेको छ । महिला ककसको संयोजकमा चयन भएपछि ककसका नाममा अर्थ मन्त्रालयको स्वीकृति नलिई विदेशी दाताहरुबाट विभिन्न कार्यक्रमका नाममा सहयोग राशी ल्याउने र संसद सचिवालयकै अनुमतिविना बैंकमा खाता खोल्ने जस्ता कामबाट विवादमा परेकी बर्माको रातो पासपोर्ट अनुसन्धानका लागि संसद सचिवालयले सम्बन्धित निकायलाई बुझाइसकेको छ ।
No comments:
Post a Comment