लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आमा भन्ने शब्दलाई उच्चारण गर्दा पनि आमाले हामीलाई गर्ने माया झल्किन्छ । एउटी आमाले आफ्नो बालबच्चालाई कति माया गर्छ भन्ने कुरा हामी सबैले अनुभव गरेका छौ । त्यसमा पनि एउटी नाबालक छोरीलाई आमाले कति माया र ध्यान दिन्छिन् । हामी सबैलाई थाहा भएको कुरा हो । तर संसार यति विचित्र छ की हाम्रो कल्पनामा नआउने कुरा यहाँ हुने गर्दछ । ममताखानी र त्यागका प्रतिमूर्तिका रुपमा चिनिने आमाको पदलाई एक महिला गलत सावित गरेकी छिन् । यूरोपको एउटा शहर कचेन्स काउन्टिस्थित एक अदालतमा दर्ज भएको घटनामा एक आमाले आफ्नो स्वार्थ पूरा गर्न आफ्नी नाबालक छोरीलाई प्रयोग गरेकी छिन् । जसको बारेमा एक सामान्य आमा सोच्न न त के कल्पना पनि गर्न सक्दैन । ती महिलाले आफ्नी १३ बर्षीय छोरीको नांगो तस्वीर खिचेकी छिन् । आफ्नो प्रेमीलाई आकर्षित गर्नको लागि ती महिलाले आफ्नी छोरीको न्यूड तस्वीर खिचेको बताइएको छ । सो तस्वीरलाई उनले आफ्नो प्रेमीलाई मोबाइल मार्फत पठाएकी थिइन् । हाल सो महिलामाथि बाल यौनशोषणको मुद्दा चलाइएको छ । आफ्नो प्रेमीलाई पठाउनको लागि छोरीको यौन शोषण गरेका भनी उनी माथि मुद्दा परेको हो । प्रहरीले ती महिलाको परिचयभ ने सार्वजनिक गरेको छैन । एउटी आमाबाट आफ्नै छोरीमाथि यस्तो व्यवहार हुनाले त्यहाँका बालअधिकारकर्मीहरु यो घटनाबाट स्तब्ध रहेका छन् ।
No comments:
Post a Comment