लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २६ - संविधानसभाका प्रमुख तीन दलले संघीयतामा सहमतिनजिक पुगेको दाबी गरेका छन् । एमाले मुख्यालय बल्खुमा भएको माओवादी कांग्रेस र एमालेको बैठकपछि नेताहरुले संघीयतामा नजिक पुगेको दाबी गरेका हुन् । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राज्य पुनर्संरचनामा तीन दल सहमति नजिक पुगेको बताउँदै एक दुई दिनमै सहमति हुने विश्वास व्यक्त गरे । तीन दलको बैठकपछि एमाले मुख्यालयमै संविधानका विवादित विषयमा कांग्रेस-एमालेका शीर्ष नेताहरुको बैठक बसेको थियो । दुई दलको बैठकमा राज्यको पुनर्संरचना र शासकीय स्वरुपका विषयमा एउटा धारणा तय गर्ने विषयमा छलफल भएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताए । 'एउटा राय बनाएर जाउँ भनेर छलफल भयो,' उनले भने, 'दुई दल प्रमुख दुई विषयमा करिब करिब नजिक जस्तो छौं ।'कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अधिकतम प्रयास गरेर विवादित विषयमा सहमतिमा पुग्ने प्रयास भइरहेको बताए । दुई पक्षीय, त्रिपक्षीय छलफलपछि मधेशी मोर्चासंग बसेर पनि छलफल गरिने उनले जानकारी दिए । प्रमुख दलले विवादित विषयमा सहमति जुटाउने मंगलबार थप दुई दिन थपेका थिए । थपिएको अवधिमा पनि सहमति नजुटे संविधानसभामा निर्वाचन प्रक्रिया सुरु हुनेछ । यसैबीच विवादित विषयमा सहमति जुटाउन मंगलबार नै प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक बस्दैछ ।
No comments:
Post a Comment