News

May 8, 2012

अचम्मको क्यामेरा, जसले फोटो खिच्दैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 न्युयोर्क, वैशाख २१ (एजेन्सी)-तपाइँले धेरै किसिमका क्यामेराहरु देख्नुभएको होला। फलानो कम्पनीको, यति मेगापिक्सेलको, यस्तो यस्तो सुविधा भएको। कुनै क्यामेराले मान्छे मुस्कुराएको थाहा पाएर फोटो खिच्छ भने कुनैले बटनमात्र थिच्नुपर्छ, सब आफै मिलाएर फोटो खिचिदिन्छ। तर हामीले यहाँ तपाइँलाई देखाउन लागेको क्यामेरा भने यो सबभन्दा फरक छ। विद्यार्थी म्याट रिचर्डसनले बनाएको यो क्यामेरा अर्कै खालको क्यामेरा हो। त्यसो त अरु सामान्य क्यामेरा जस्तै नै यसले पनि सटर बटन थिच्ने बित्तिकै फोटो खिच्छ। तर क्यामेराले फोटो चाहिँ दिँदैन। फोटोको साटोमा केही अक्षरहरु आउँछन्। ती अक्षरहरुले तपाइँले कस्तो खालको फोटो खिच्नुभएको हो भन्ने वर्णन गरेको हुन्छ। फोटो पत्रकारिताका विद्यार्थीहरुलाई सुरुमै सिकाइन्छ एउटा फोटोले हजार शब्दले व्यक्त गर्न नसकेको कुरा अभिव्यक्त गर्छ। तर समयक्रमसँगै यो भनाई असान्दर्भिक हुँदै गइरहेको छ। सिङ्गो फोटाले केही पनि बयान गर्न सक्दैन। त्यसका लागि केही न केही अक्षरको साथ जरुरी हुन्छ। प्रविधिको विकाससँगै इन्टरनेटमा राखिने फोटोहरुमा पनि मेटा डाटाका रुपमा फोटोको बयान जरुरी हुन्छ, ताकि पछि फोटो सजिलै खोज्न सकियोस्। यो क्यामेराले त्यसैलाई सजिलो बनाउँछ। तपाइँ आइसक्रिम खाइरहेको कुनै बालिकाको अगाडि क्यामेरा राखेर फोटो खिच्नुस्, अरु क्यामेराले क्यामेराको सेटिङ, मिति, ठाउँ, समय आदि बारे सबै जानकारी मेटा डाटाका रुपमा सेभ हुन्छन्। तर फोटोको विषयवस्तु के हो भन्ने बारे भने अहिलेका क्यामेराले केही पनि लेखेका हुँदैनन्। डिस्त्रि्कप्टिक अर्थात् वर्णनात्मक क्यामेराले भने मेटा डाटाका रुपमा अरु कुरा हैन, फोटोको विषयवस्तु अर्थात् फोटोको बारेमा बताउँछ। आजभोलि डिजिटल फोटोका जमाना आएपछि फोटो खोज्न गाह्रो हुन थालिसकेको छ। मानौँ तपाइँलाई चाहियो सरिनाले रातो कुर्ता लगाएर धरहरामा खिचेको फोटो। अब कसरी खोज्ने त्यसलाई? ती फोटोसँगै एउटा यस्तो मेटाडाटा भएको फोटो पनि भयो भने त हामी सजिलै आफूलाई चाहिएको फोटो खोज्न सक्छौँ। अहिलेलाई प्रयोगका रुपमा मात्र यसको थालनी भएको भए पनि भविष्यमा यस्ता क्यामेरा उपयोगी हुनसक्छन्।

कसरी काम गर्छ? 
टक्क फोटो खिच्ने बित्तिकै फोटोमा भएका जानकारीहरु सरर कसरी आउँछ त अक्षरमा? यसको प्रविधि के हो त? अमेजनको मेकानिकल टर्क एपीआई यो क्यामेराको मुख्य प्र्विधि हो। यसले ह्युमन इन्टेलिजेन्स टास्कमार्फत् इन्टरनेटबाट काम गर्छ। अर्थात् तपाइँले फोटो खिच्नुभयो, त्यो फोटो जान्छ इन्टरनेटबाट कुनै व्यक्तिकोमा, अब उसले फोटोबारे बयान गरिदिन्छ, अनि त्यो बयान तपाइँको क्यामेरामा फर्कन्छ। अनि क्यामेरासँगै जोडिएको सानो प्रिन्टरबाट बयान प्रिन्टमा पनि निस्कन्छ। बढीमा छ मिनेट र कममा तीन मिनेटभित्र यस्तो विवरण उपलब्ध हुन्छ। अहिलेलाई एउटा फोटोको यसरी बयान निकालेवापत् १ डलर २५ सेन्ट पर्छ।

No comments: