News

Mar 1, 2013

जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ । नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ । घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ । जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ । बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।

No comments: