News

Mar 8, 2013

देशभर अन्तराष्ट्रिय नारी दिवस मनाईदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२५ फागुन,आज मार्च ८, अन्तराष्ट्रिय नारी दिवस । नेपाललगायत विश्वभर नारी अधिकारका विषयमा विविध कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय नारा महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं भन्ने राखिएको छ । दिवसको अवसरमा आज राजधानीलगायत देशभर विभिन्न कार्यक्रम गरिंदैछ । सरकारको तर्फबाट हुने कार्यक्रम अहिले केहीबेरमा राजधानीको भद्रकाली र्‍याली गर्दैछ भने महिला सुरक्षा दबाब समूहले पनि पद्मकन्या क्याम्पस बागबजारबाट छुट्टै र्‍याली गरेको छ । यस्तै उपत्यकामा विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् भने विभिन्न राजनीतिक दलका महिला संगठनहरुले पनि दिउँसो र्याली तथा सभा गर्दैछन् । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।

No comments: