News

Mar 31, 2013

नेपाल ट्वान्टी ट्वान्टी विश्वकप छनौटमा पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत्र १८ - कुवेतलाई ४ विकेटले हराउँदै अफगानीस्तान एसीसी ट्वान्टी ट्वान्टी कपको सेमीफाइनलमा पुगेपछि नेपाल ट्वान्टी ट्वान्टी विश्वकपको छनौट खेलका लागि छानिएको छ । छनौट खेल आगामी सेप्टेम्बरमा यूएईमा हुँदैछ । नेपालले आजै सिंगापुरलाई एकसय २१ रनले हराउँदै एसीसी ट्वान्टी ट्वान्टी कपको सेमीफाइनलमा पुगेको थियो । सेमीफाइनलमा नेपालसहित हङकङ, यूएई र अफगानीस्तान पुगेका छन् । छनौट खेल आयोजकको रुपमा यूएई र वान डे मान्यताप्राप्त अफगानीस्तानले छनौट खेलमा यसअघि नै स्थान पाइसकेका छन् । दुई टोली पहिल्यै छनौट खेल्न छानिएकाले नेपाल र हङकङले यस्तो अवसर पाएका हुन् । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले उत्कृष्ट व्याटिङ सुरुवात गरेको थियो । नेपालले सिंगापुरलाई २११ रनको लक्ष्य दिएको थियो । नेपालसामू निरिह देखिएको सिंगापुर १५ ओभर खेल्दै ८९ रनमै समेटियो । शक्ति गौचरको २,बसन्त रेग्मीको ३ विकेटको मद्दतले नेपालले सहज जित हात पारेको हो । नेपालको लागि ट्वान्टी ट्वान्टी क्रिकेटको सबैभन्दा ठूलो स्कोर खडा गर्नको लागि विनोद भण्डारीले ५४ रन र कप्तान पारस खड्काले ४४ रनको व्यक्तिगत योगदान दिए । नेपालले मंगलबार सेमीफाइलनमा युएईविरुद्ध खेल्नेछ । नेपाली कप्तान पारस खड्का आजको खेलको म्यान अफ दी म्याच भए । उनले ४४ रन बनाएर एक विकेट लिएका थिए । नेपालले यसअघि माल्दिभ्स र मलेसियालाई हराएको थियो भने हड्डकङसँग ६ विकेटले पराजित भएको थियो ।

No comments: