News

Mar 21, 2013

एमाले पोलिट्व्यूरो सदस्य रामचन्द्र झा ले पदबाट राजिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत्र ८ - एमाले पोलिट्व्यूरो सदस्य रामचन्द्र झा ले पदबाट राजिनामा दिएका छन् । उनले आज बिहान १० बजे जनकपुरबाट फ्याक्समार्फत् राजिनामा पार्टी कार्यालयमा पठाएका हुन् । 'आज राजिनामा दिएको हुँ', झाले भने,'एमालेसँग विचार नमिलेकाले बसिरहन् नैतिकताले दिएन ।' आफ्नो जीवनको ऊर्जावान समय कम्युनिष्ट आन्दोलनमा बितेकाले कम्प्युनिष्ट विचारबाहिर नबस्ने प्रष्ट पारे । उनले एमालेले राज्यको पुचर्सारचना उनले विघटित संविधानसभामा १४ प्रदेशको राज्य पुनःसंरचनाको अवधारणामा एमाओवादीसँग एमालेको पहिले सहमति भएको तर पछि हटेको उल्लेख गरे । 'एमाले निर्णयको स्वामित्वबाट पछि हट्यो तर मैले त त्यसमा समर्थन गरिसकेकाले पछि हट्न सकिनँ,' उनले भने, 'यी मुद्दामा एमालेसँग वैचारिक समस्या भयो ।' एमाओवादीमा प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले आफू ढुंगा चढेर निक्किए पनि गन्तव्यको टुंगो नभएको बताए । 'ढुंगा चढेको छु, कता जाने टुंगो छैन्', उनले कान्तिपुरसँग भने,'पार्टीलाई एक पेजको राजिनामा पठाइदिएको छु ।' नी यसअघि राज्य पुनःसंरचनाका विषयलाई लिएर तत्कालीन उपाध्यक्ष अशोक राई लगायतको समूहमा छुट्टएिर जाने तयारी गरेका थिए । राई नेतृत्वको समूहमा बसेर उनले नयाँ पार्टी गठनको राणनीति बनाएका थिए । तर राई समूहसूग कम्युनिस्ट सिद्धान्त अपनाउने कि नअपनाउने भन्नेमा विवाद भएपछि झा लगायतका केही नेता एमालेमै अन्तरसंघर्ष गर्दै बस्ने निष्कर्षमा पुगेका थिए । त्यतिबेला नेताहरूले पार्टीभित्र राम्रो भूमिका दिने आश्वासन दिएको र त्यो कार्यान्वयन नभएपछि झा बाहिरिन लागेको एमालेमा चर्चा छ ।

No comments: