News

Mar 18, 2013

पूर्वमन्त्री जेपी गुप्ता जेल मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भ्रष्टाचारको अभियोगमा जेल सजाय पाएका पूर्वमन्त्री जेपी गुप्ता आज रिहा भएका छन् । १३ महिनाको जेल बासपछि गुप्ता आज बिहान ११ बजे रिहा भएका हुन् । गुप्ता जेलबाट रिहा हुने खबरसँगै उनका समर्थकहरु डिल्लीबजार कारागार पुगेका थिए । तत्कालिन सूचना तथा सञ्चार मन्त्री र मधेसी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष समेत रहेका गुप्ताका समर्थकहरुले गुप्ताका पक्षमा नाराबाजी समेत गरेका छन् । गुप्ताले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले डेढ वर्षको कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको थियो । गुप्ता आफैँ अदालतमा उपस्थित भएर अदालतको फैसला मानेकाले कानुन अनुसार उनले पाएको कैद र जरीवानामा २० प्रतिशत छुट पाएका छन् । जस अनुसार उनी पाँच महिना अगावै रिहा भएका हुन् ।

No comments: