News

Mar 1, 2013

धरौटीमा रिहा हुने भए महासेनानी कुमार लामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
युद्ध अपराध अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा धरौटीमा रिहा हुने भएका छन् । शुक्रबार राती चेल्म्स्फोर्ड क्राउन कोर्ट ससेक्समा भएको बहसपछि लामालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । लामाका तर्फबाट क्यूसी जेम्स् लुइसले वहस गरेका थिए । यसअघि प्रारम्भिक सुनुवाईका क्रममा धरौटीमा रिहा गर्न अस्वीकार गरिएपछि उनी झण्डै दुई महिनादेखि लन्डनको बेलमार्स कारागार थिए । दश हजार पाउण्ड धरौटी र अन्य कानुनी प्रक्रिया पुरा भएपछि बढिमा तीन दिनभित्र लामा छुट्ने बताइएको छ । धरौटीमा रिहा भए पनि लामाले मुद्दाको टुङ्गो नलागेसम्म बेलायत छाड्न नपाउने बताइएको छ। अदालतले उनलाई खोजेको बेला उनी उपस्थित हुनुपर्ने शर्त राखिएको छ। बेलायतमा काम गर्ने आफ्नी श्रीमतीलाई भेट्न गएका बेला लामालाई पक्राउ गरिएको थियो । कर्णेल लामामाथि गोरुसिङ्गे ब्यारेकमा जनकबहादुर राउत र कमर हुसेनले यातना दिएको अभियोग लागाइएको छ ।

No comments: