News

Mar 10, 2013

उत्तरकोरिया विरुद्ध राष्ट्रसंघको प्रतिबन्ध घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संयूक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तरकोरिया विरुद्ध प्रतिबन्ध घोषणा गरेको छ । गएको महिना उत्तर कोरियाले गरेको तेश्रो परमाणु परीक्षणका कारण सुरक्षा परिषदले प्रतिबन्धको घोषणा गरेको हो । उत्तर कोरियाका कुटनीतिज्ञ र सैनिक सम्बद्ध कम्पनीहरुलाई निशाना बनाइएको प्रतिबन्ध अनुसार नगद स्थानान्तरण, भ्रमण र बिलासिताका सामानको कारोबारमा रोक लगाइएको छ । राष्ट्रसंघका महासचिव बान की मूनले पछिल्लो प्रतिबन्ध ‘अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियाको परमाणु हतियार हासिल गर्ने लक्ष्य स्वीकार्दैन’ भन्ने स्पष्ट सन्देश भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रसंघका लागि अमेरिकी राजदूत सुसान राइसले परमाणु कार्यक्रम विकसित गर्ने क्षमता अघि बढाउन उत्तर कोरियालाई दबाब दिनका लागि प्रतिबन्ध जरुरी रहेको बताउनुभयो । राष्ट्रसंघले यसअघि २०१२ डिसेम्बरमा उत्तर कोरियामाथि प्रतिबन्धको घोषणा गरेको थियो । सुरक्षा परिषदको प्रतिबन्धपछि उत्तर कोरियाले दक्षिण कोरियासंगको सबैखाले अनाक्रमण सम्झौता रद्ध गरेको घोषणा गर्नुका साथै दुई देशबीचको मुख्य सीमा क्षेत्र बन्द गराएको छ । यस्तै उत्तर कोरियाली नेता किम जोङ्ग उनले सैन्य इकाईहरुको भ्रमण गरी कुनै पनि समयमा शत्रु विनाश गर्नका लागि तयार रहन निर्देशन दिनुभएको बिबिसीले जनाएको छ ।

No comments: