News

Feb 2, 2012

फुटवलमा भिडन्त हुँदा ७४ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोर्ट सइद, माघ १९ (एजेन्सी) - यहाँ आयोजित एक फुटबल म्याचमा समर्थकहरुबीचको भिडन्तमा ७४ जनाको ज्यान गएको छ। घटनामा परी हजार भन्दा बढी घाइते भएका छन्। अल मासरी र अल अह्ले क्लबका समर्थकबीच यस्तो भिडन्त भएको थियो। खेल अल मासरीले ३-१ ले जित्यो। खेल सकिन नपाउँदै अल मासरीका समर्थक चौरमा आए र अह्लेका खेलाडीमाथि आक्रमण थाले। इजिप्टको फुटबल इतिहासको यो सबैभन्दा ठूलो दुर्घटना मानिएको छ। झडपमा परी केही सुरक्षाकर्मीसमेत मारिएका छन्।

No comments: