News

May 9, 2012

संविधानसभामा उपस्थित हुन आफ्ना सभासद्लाई कांग्रेसका ह्विप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख २७ - संविधानसभामा विवादित विषयमा मतदान हुने निश्चित प्रायः भएपछि कांग्रेसले संविधानसभामा उपस्थित हुन आफ्ना सभासद्लाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले बुधबार हृविप जारी गर्दै जेठ १४ गतेसम्म बस्ने संविधानसभाका सबै बैठकहरुमा अनिवार्य उपस्थित हुन निर्देश (ह्विप) जारी गरेका हुन् । 'आज २०६९ साल बैशाख २७ गते बसेको संवैधानिक समितिको बैठकले संविधान निर्माणका सन्दर्भमा सहमतिमा पुग्न नसकिएका विषयहरुलाई प्रकृयागत रुपमा गई निर्णय लिन संविधानसभालाई अनुरोध गर्ने निर्णय गरेकोले,' घिमिरेको निर्देशमा भनिएको छ, 'भोलि २०६९ साल बैशाख २८ गते दिनको ३:०० बजे बस्ने संविधानसभाको बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसका मा.सभासदहरुलाई यो निर्देश (ह्विप) जारी गरिएको छ ।'

No comments: