News

May 9, 2012

जनजातिको चरणवद्ध आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख २७ - जातीय पहिचानको आधारमा राज्यको पनुःसंरचना हुनुपर्ने माग दोहोर्‍याउँदै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आमहडतालको घोषणा गरेको छ । समितिले आउँदो जेठ ७ गतेदेखि तीन दिनसम्म आमहडतालको घोषणा गरेको हो । यसअघि नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको नेपालबन्द भने स्थगित गरेको जनाएको छ । सर्वपक्षीय मतका आधारमा आमहडतालको घोषण गरेको महासंघका महासचिव आङकाजी शेर्पाले बताए । अधुरो अपुरो संविधान जारी गर्न नपाइने, हिमाल, पहाड, तराईसहितको प्रादेशिक संघीयता नचाहिने, जातीय स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्ने, तोकिएकै समयमा नयाँ संविधान जारी हुनुपर्ने, संकटकाल लगाएर संविधानसभाको म्याद थप गर्न नपाइनेलगायतका माग विज्ञप्तिमा छ ।

No comments: