लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोचिला राज्यको माग गर्दै पूर्वी थारुवान कोचिला राज्य संघर्ष समितिले आज दोस्रो दिन पनि पूर्वका ६ जिल्ला बन्द गराएको छ । एकीकृत माओवादी पार्टीले पहिचानलाई आधार मानेर १० प्रदेशमा राज्य पुनसंरचना गर्न प्रस्ताव गरीसकेको अवस्थामा सभासद सन्तोष थारु नेतृत्व समुहले पूर्वी थारुवान कोचिला राज्य घोषणा गर्न दबाबका लागि गरिएको बन्दले जनजीवन कष्टकर वन्दै गएको छ । बन्दका कारण सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । यि जिल्लाहरुमा यातायातका साधन सञ्चालन हुन सकेका छेनन् भने बजार, कलकारखाना र शैक्षिकसंस्था ठप्प बनेका छन् । कक्षा १२ को परीक्षामा भने कुने अवरोध गरिएको छैन । ६ जिल्लालाई पहिचान र आत्मनिर्णयको अधिकारसहित पूर्वी थारुवान कोचिला राज्य घोषणा गर्न माग राखेर बन्द आह्वान गरिएको हो । समितिले आदिवासीबाट १५ हजार युवालाई सेनामा सामूहिक प्रवेश गराउनुपर्ने माग पनि गरेको छ । थारु नेतृत्व समुहले पुस पहिलो सातादेखि समिति गठन गरी चरणवद्ध आन्दोलन गर्दै आएकोमा माघ अन्तिम साता सरकारले वार्तामा बोलाएपछि पहिलो चरणको वार्तामा समेत बसेको थियो । संविधान निर्माण गर्ने दिन नजिकिदै जाने क्रममा दुई दिने बन्द आह्वान गरेको हो ।
No comments:
Post a Comment