News

May 7, 2012

सृष्टि श्रेष्ठले जितिन् मिस नेपालको उपाधि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख २४,चितवन पुर्ख्यौली घर भएकी २३ वर्षकी सृष्टि श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल उपाधि जितेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस नेपालको १८ औँ संस्करण होटल अन्नपूर्णको मैदानमा भएको थियो। नेपाल टेलिभिजनमा राति अबेरसम्म प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा मिस नेपाल अर्थ नगमा श्रेष्ठ र मिस नेपाल इन्टरन्यासनल शुभेच्छा खड्का घोषित भइन्। आमा र बुबा एक दशकभन्दा अघिदेखि बेलायतमा रहेकोले उतै हुर्केबढेकी सृष्टिले बेलायतमा भएका विभिन्न अन्तर्राष्ट्रिय फेसन सोहरुमा सहभागिता जनाइसकेकी छिन्। त्यसैगरी त्यहाँका म्यागेजिनहरुमा र केही उत्पादनहरुका लागि मोडल बनिसकेको अनुभव सृष्टिसँग छ।

No comments: