News

Feb 28, 2013

साउदीका ७० हजार नेपालीलाई आममाफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १५ -वर्षौंदेखि साउदी अरबमा अवैध रुपमा बस्दै आएका करिब ७० हजार नेपाली कामदार अब स्वदेश फर्कन पाउने भएका छन्। साउदी सरकारले त्यहाँका अवैध आप्रवासी कामदारलाई बिनाजरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्टी) दिने घोषणा गरेपछि उनीहरुलाई घर फर्कने बाटो खुलेको हो। साउदीले १५ वर्षपछि आइतबार अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको हो। 'साउदीले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको छ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा नागरिकसँग भने, 'अवैध नेपाली कामदारलाई यसले ठूलो राहत मिलेको छ।' साउदीका श्रममन्त्री अडेल फकेईले आइतबार 'श्रमबजारको विकृति' हटाउन भन्दै अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेका हुन्। अवैध आप्रवासी कामदारलाई कुनै पनि किसिमको दण्डसजाय नदिई स्वदेश फर्कन सुनौलो अवसर दिइएको उनले घोषणामा भनेका छन्।

No comments: