News

Jan 26, 2013

भक्तपुरमा प्रचण्ड र बाबुरामलाई निषेध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारविरुध्द आन्दोलनरत कांग्रेस-एमालेले एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईलाई शनिबार भक्तपुर प्रवेश गर्न नदिने बताएका छन् । एकिकृत माओवादी भक्तपुरको पाँचौं जिल्ला सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई शनीबार यहाँ आउने कार्यक्रम छ । विपक्षी दलहरुको उपत्यकाकेन्द्रित आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार टौमढीमा भएको विरोधसभामा कांग्रेस-एमालेलगायतका नेताहरुले शनिबार एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई कुनै पनि हालतमा भक्तपुर प्रवेश गर्न नदिने उद्घोष गरेका हुन् । उनीहरुले बिहानैदेखि भक्तपुर-काठमाडौं ६ लेन सडकको भक्तपुर सल्लाघारी खण्डमा भेला भइ चक्काजाम गर्ने बताएका छन् । 'सर्वसत्तावाद लादेर लोकतन्त्र नै खान खोज्ने प्रधानमन्त्री भट्टराईलाई भक्तपुर प्रवेश गर्न दिनौं', कांग्रेस भक्तपुर सभापति गणेशमान चक्रधरले भने, एमाओवादीले सरकारको नेतृत्व गरेको हुनाले त्यसका अध्यक्ष प्रचण्डलाई पनि भक्तपुर प्रवेशमा रोक लगाउँछौं।' एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पनि सहमति र सहकार्यको राजनीतिमा धोका दिन एमाओवदी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईलाई भक्तपुर प्रवेश गर्न नदिइने बताए ।

No comments: