News

Jan 7, 2013

आमाको उपचारको लागि ब्राजिलकी एक किशोरीको कुमारीत्व लिलामीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ब्राजिलकी एक किशोरीले आफ्नी आमाको उपचारको लागि आफ्नो कुमारीत्व लिलामीमा राखेकी छन् । रेबेका वेर्नाडो नाम गरेकी ती किशोरीले आफ्नी आमाको उपचार खर्च जुटाउन आफ्नो कुमारीत्व लिलामीमा राखेकी हुन् । आफूलाई संसार देखाउने आमाको उपचारका लागि रकमको जोहो गर्न नसकेपछि उनले यो उपाए अपनाएको बताएकी छिन् । फुटबल खेलाडी समेत रहेकी रेबेकाले युटुबमा भिडियो राखेर कुमारित्व लिलामीको घोषणा गरेकी हुन् । भिडियो अपलोड गरेपछि उनलाई देख्ने मान्छेहरूले खिसी गरेर एक–एक डलर फालिदिएको समेत जनाइएको छ । तर, उनले भर्जिनिटी लिलामीमा राख्नुपरेकोमा कुनै पछुतो मानेकी छैनन् । उनकी बिरामी आमाले भने आफ्नो उपचारका लागि छोरीले वेश्या बन्नु परेकोमा दुख व्यक्त गर्दै छोरीले त्यसो नगरेको भए राम्रो हुने बताएकी छन् । एजेन्सीका अनुसार आमाले अहिलेसम्म रेबेकालाई उनका बाबु चिनाएकी छैनन् । उनले थाहा पाउने भएदेखि नै आमाछोरी मात्रै बस्दै आएको छिमेकीलाई उद्धृत गर्दै जनाइएको छ । उनीहरुलाई त्यस्तो दुख परेको बेला सहयोग गर्ने कोही आफन्त नभएको र अरु कुनै आर्थिक स्रोत पनि नभएको जनाइएको छ । स्ट्रोक रोगबाट थलिएकी आमाको उपचारको लागि उनले वेट्रेसको काम पनि गरेकी थिइन् । तर, ओछ्यान परेकी आमालाई राम्रो उपचारको लागि खर्च नै अपुग भएपछि आफूले १८ वर्षको जन्मदिन परेकै दिनै कुमारित्व लिलामी गर्ने निर्णय गरेको उनले बताएकी छिन् । ब्राजिलमा १८ वर्ष उमेर पुगेकालाई 'वयस्क वेश्यावृत्ति' गर्न कानुनले छुट दिएको छ । जनवरी तीनमा अपलोड गरिएको सो भिडियो पहिलो दिनमै दिन तीन हजार जनाले हेरेका थिए भने अहिलेसम्म आठ हजार बढीले हेरिसके । भिडियो हेरेपछि उनको कुमारीत्व किन्न अहिलेसम्म सबैभन्दा बढी ३५ हजार डलरको प्रस्ताव आएको छ । तर, उनले सो रकम आफूले अपेक्षा गरेभन्दा निकै कम रहेको जनाइन् ।

No comments: