News

Jan 26, 2013

हङकङमा सन्जा हुक्पा चोङवाङ साँझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ रविन लिङदेन, हङकङ, 
२१ जनवरी,आजभोलि किन होला सवैलाई दख्छु वेग्ला वेग्लै” आधुनिक गित सन्जा हुक्पा चोङवाङले जोर्डन स्थित याक एण्ड ऐतिको हलमा आफ्नै एल्वम “स्नेह” बाट गाएर “सन्जा साँझ” कार्यक्रम उदघाटन गरिन । खाम्लालुङ सेवा समिति हङकङले आइतवार वेलुका आयोजना गरेको “सन्जा साँझ” कार्यक्रममा गायिका सन्जा हुक्पा चोङवाङको आफ्नै नाममा रहेको थियो । तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं. ४ मा जन्मिएकी २५ वर्षिय चोङवाङ नेपालबाट पहिलो पल्ट हङकङ आएको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उनलाई नेपालमा सरु भ्नि चिनिन्छ । सन्जा साँझमा गायिका सरु हुक्पा चोङवाङले उदघाटन पछि मान्छेले के के भन्छन् पाए सम्म कुरा काट्छन्, नेपालीकी छोरि हुँ नेपाल माइतिघर जहाँ गए जे भने नेपाली हो, मन चोरि हिड्नेलाई दिल तोडि हिड्नेलाई लगायतका गितहरु गाएर दर्शकको मन जितेकि थिइन । गायिका चोङवाङले आफ्नो एलवमको गितहरुलाई भिसिडिमा दर्शक, श्रोता सामु चाडैनै ल्याउने तयारी भएको यहाँको स्थानिय पत्रकार संग वताइन् । कला क्षेत्रमा सानै उमेर देखि रुचि भएपनि तीन वर्ष अघि मात्र देखि गायन छेत्र लिएर स्टेजमा निस्केकी चोङवाङ यस क्षेत्रमा लागेर आफुलाई सन्तुष्ट भएको वताउछिन् । तेह्रथुम साँझको कार्यक्रममा हङकङमा निक्कै चर्चा कमाएका १९ वर्षिय गायक प्रनेश लिम्बुले सन्जा साझमा “भेट भयो लुङा आदाङवे सेवारो नमस्ते, मन्द–मन्द वतास संगै उडि गयो कहाँ–कहा खोजु मैले तिमिलाई कसरि भेटु यो सुन्यतामा, तिम्रो आत्ममा म छु कि छैन त्यहाँ हेर, मेरो नेपाल, फुल टिपि दिउ ओइलिन्छ रुमालै मैलिन्छ,” लिम्वु भाषाका पालाम, पुर्वेली र पश्चिमे लोक भाका गरि झण्डै एक दर्जन जति गित गाएर दर्शकलाई नचाए । चारवर्ष अघि देखि स्टेजमा गाउदै आएका लिम्बु सन २०११ मा सिङगापूरमा तीनवटा स्टेज सो गरेका थिए भने एउटा एकल साँझ गरेका थिए । सन २०१२ मा युके.मा डेढ महिनाको अवधिमा १८ वटा स्टेज सो गरेका थिए । सानै उमेर देखि देश तथा विदेश गरि राम्रै नाम र दाम कमाउने क्रममा रहेका प्रनेश लिम्बु यहि २४ जनवरीमा फेरी युके जादैछन भने फेवु्रअरी ८ मा कतार जादैं छन् । नौ वर्षको उमेरमै एकल एल्वम श्रोता माझ ल्याउन सफल भएकी गायिका श्रेयसी चेम्जोङले निङवाइन तङसुङरो याक्थुङसे लाजेइन थक्सुङरो याक्थुङसे पोगिरो आल्ल लथिक पोक्सिआङ तगाङ पोगिरो लिम्बु भाषामा चेतना मुलक गित गाएर दर्शकलाई मनोरञ्जन दिलाइन । चेम्जोङले सन्जा साँझमा करिव आधा दर्जन जति गित गाइन । सन २०१२मा प्रथम लिम्बुवान आइडल भएका कन्चन थलङ लिम्बुले पानी खानु तिरतिरे धारा माया लाउनु हुलाकी चौतारा, सलल त्यो चिसो पानी लगायतका गितहरु गाए । गायक थलङको एकल साँझ यहि २६ जनवरीमा जोर्डन स्थित हङग्री आइ रेस्टुरेण्टमा हुने भएको छ । सन्जा साँझको अवसरमा हङकङका स्थानिय नेपाली गायक काजिमान मास्वाले गायन क्षेत्रमा नेपालबाट आएका चारै जना कालाकारहरुको भविश्य अत्यन्तै राम्रो देखेको वताउदै सवैजनालाई नगद उपहार प्रदान गरे । खाम्लालुङ सेवा समिति हङकङको अध्यक्ष सुरेस सुब्बाको अध्यक्षतामा भएको सन्जा साँझको प्रमुख अतिथि तेह्रथुम हङकङ मञ्चको अध्यक्ष स्याम इङनाम रहेका थिए भने स्वागत मन्तब्य दिल फोम्बोले गरे । सन्जा साँझ कार्यक्रमको सांगितिक कार्यक्रम तथा औपचारिक कार्यक्रमको संचालन मनिस लिम्बुले गरे । कार्यक्रममा नेपालबाट तेह्रथुम साँझको लागि हङकङ सवैजना थिए । कलाकारहरुलाई कार्यक्रम आयोजकले प्रमाण–पत्र तथा खादाले सम्मान गरेका थिए ।

No comments: