लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इरानले अन्तरिक्षमा पठाएको एक बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गराइएको इरानको सरकारी समाचार संस्थाले उल्लेख गरेको छ।
आफ्नो अन्तरिक्ष अभियानलाई सफल बनाउँन इरानले अन्तरिक्षमा बाँदर पठाएको थियो । बाँदरलाई सफलतापूर्वक पृथ्वीमा अवतरण गरेपछि इरानले आफ्नो अन्तरिक्ष परिक्षण सफल भएको दाबी समेत गरेको छ ।
इरानको सरकारी सञ्चार माध्ययम झर्नालाई उल्लेख गर्दै समाचार संस्थाहरुले लेखका छन् इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होमुर्जको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिकीहरु सशंकित बनेका छन् । इरानले गत साता अन्तरिक्षमा पठाएको बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको दाबी गरेको हो ।
बाँदरलाई अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको मिति सार्वजनिक नगरि त्यहाँको सरकारी सञ्चार माध्यमले इरानले बाँदरको प्रयोग गरेर अन्तरिक्ष यात्रामा सफलता प्राप्त गरेको बताएको छ । इरानले सन् २०११ मा नै अन्तरिक्ष अभियानलाई अगाडि बढाउँने बताए पनि २०१३ मा मात्र यस्तो परीक्षण गरेको हो ।
No comments:
Post a Comment