News

Jan 11, 2013

सडकमा कुचो लगाउँदै करोडपति ब्यापारी यू युजहेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आफ्ना सन्तानलाई राम्रो संकार दिने चाहना हरेक आमाबाबुको हुन्छ । त्यसका लागि उनीहरु राम्रा कहानीहरु सुनाउँछन्, आदर्श व्यक्तिहरुको किताब पढ्न दिन्छन् । तर, चीनमा एक आमाले यस्तो उदाहरण दिएकी छिन्, जसले उनी आफ्ना सन्तानका लागि मात्र हैन, विश्वकै लागि आदर्श बनेकी छिन् । करोडपति ब्यापारी यू युजहेन आफ्ना सन्तानलाई राम्रो संकार सिकाउन हप्तामा ६ दिन सडकमा क्लीनरको काम गरिरहेकी छिन् । ५३ वर्षीया यू चीनको वूहान शहरमा घरजग्गा कारोबार गर्छिन् । उनको १७ वटा भन्दा बढी फ्याट छन् । तर, उनी आराम छाडेर हरेक दिन विहान लगभग तीन किलोमिटर सडकमा कुचो लगाउँछिन् । उनले आफ्ना छोरा र छोरीलाई पैसाको महत्व बुझाउन पार्टटाइम काम गर्न लगाएकी छिन् । उनका छोरा ड्राइभर छन् र मासिक २ हजार युआन कमाउँछन् । कार्यालय सहयोगीका रुपमा काम गर्ने छोरीले महिनाको ३ हजार युआन कमाउँछिन् । यूका श्रीमान भने किसान हुन् । उनी तरकारी बेच्ने र बजारमा भारी बोक्ने काम गर्छन् । सन् १९८० को दैरान चीनमा किसानलाई व्यापार गर्ने स्वतन्त्रता दिइएको थियो, त्यही समय यूले निकै मेहनत गरेर पैसा कमाएकी थिइन् ।

No comments: