News

Jan 7, 2013

बोक्सीको आरोपमा जिउँदै जलाउनेलाई सर्वस्वसहित जन्मकैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 २३ पुस, चितवन, बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले झाँक्री जुगेश्वर महतोसहित विक्रम महतो, उनकी श्रीमती विक्रमिया, छोरीहरु मञ्जु, लक्ष्मी, सञ्जु, कृष्णकुमारी, ज्वाइँ विक्रमलाई जन्मकैदको सजाय सुनाएको हो । घटनाका आरोपी तीनजनाले भने सफाइ पाएका छन् । फैसलाअनुसार उनीहरु अब २० वर्षसम्म जेल बस्नुपर्नेछ । विसं २०६८ फागुन ५ गते माडी बघौलाकी एकल महिला ढेगनी महतोलाई बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । यससम्बन्धी मुद्दा चैत २ गते अदालतमा दर्ता भएको थियो ।

No comments: