News

Jan 11, 2013

तेह्रथुमको आठराई सङ्क्रान्तिमा संघीय–लिम्बुवान आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
तेह्रथुम (आठराई), लिम्बुवान, ७ पुस २०६९ मुलुक एकात्मकवादीहरूको राजनीतिक षडयन्त्रमा फसेको भए पनि संघीय–लिम्बुवान आन्दोलन जारीरहेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद आठराई थुमद्वारा आठराईको सङ्क्रान्ति बजारमा २०६९ पुस ०७ गते ओयोजित विशाल लिम्बुवान आमसभा सम्पन्न भएको छ । आठराई सङ्क्रान्ति बजारस्थित् त्रिमोहन उमाविको प्राङ्गढामा सम्पन्न उक्त आससभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ प्रमुख अतिथि रहनु भएको भएको थियो भने मञ्चकै महासचिव खगेन्द्र माखिम विशेष अतिथिका रुपमा रहेका थिए । लिम्बुवाान तेह्रथुम आठाराई थम्को अध्यक्ष मनकुमार फोम्बोको अध्यक्षता र जिल्ला सचिवालय सदस्य मृगेन इङ्नामको सञ्चालनमा सम्पन्न उक्त आमसभाका अन्य अतिथितहरूमा लिम्बुवानका उपाध्यक्ष ज्ञानु इम्बुङ, उप–महासचिव शान्ता योङहाङ, सचिवालय सदस्यहरू नोनाम निङलेकू, थाङसाङ लावती, देउबहादुर खुदाङ, डीबी लिम्बू तथा केन्द्रीय सदस्यहरू इन्द्र श्रेष्ठ, शिवकुमार पाङ्गेनहाङ, विष्णु यक्सो, दिलकिशोर थापा क्षेत्री, कृष्ण तुम्बाहाङ्फे, गंगालाल सेनेहाङ तथा ताप्लिजोङ जिल्ला अध्यक्ष कीर्तिमान मादेन र पान्थर जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । आमसभा सुभाराम्भ हुनुअघि आठराई सङ्क्रान्ति बजारको उत्तरी छेउ वनकार्यालयबाट सुरुभएको लिम्बुवान जुलुसले सङ्क्रान्ति बजारलाई नारा–जुलुश र साँस्कृतिक च्याबु्रङ झाँकीसहित परिक्रमा गरेर स्थानीय त्रिमोहन उमाविको प्राङ्गणमा पुगी आमसभामा परिणत भएको थियो । कार्यक्रममा लिम्बुवानी राष्ट्रिय कलाकारहरू मनु नेम्बाङ, मविन्द्र राई, मोहन मादेन, विष्णु यक्सो, रञ्जिता सावादेन र संगम चोङबाङले आ–आफ्नो साङ्गीतिक तथा नृत्यकला प्रस्तुत गरेर दर्शक–स्रोताहरूलाई लिम्बुवानी कला देखाउँदै भावना जगाउँदै मनोरञ्जन समेत दिएका थिए । आमसभामा लिम्बुवान तेह्रथुमका जिल्ला अध्यक्ष देवनाराण सम्बाहाङ्फेले आमसभाको औचित्य प्रकाश पार्दै सबै अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । आमसभलामा बोल्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भ्रातृ सङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवानका सचिवालय सदस्य संगम खनालले आफूहरू यतिबेला यो मुलुकका १०३ जाति, ९२ भाषा र ८४ वटा धर्महरू सबैले स–सम्मान फल्न–फुल्न पाउनु पर्छ भनेर ०६२÷६३ को राष्ट्रिय जन आन्दोलनबाटै अस्तित्व र पहिचानको आन्दोनलमा लागेको कुरा बताउनु भयो । सभालाई सम्बोधन गर्नुहुँदै लिम्बुवानका केन्द्रीय सदस्य तथा लिम्बुवान उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङगेनहाङ लिम्बूले लिम्बुवानमा मात्र नभएर काठमाडौं उपत्यकामा पनि लिम्बुवान आन्दोनलाई जोडेर सशक्त बनाइरहेको जानकारी गराउनु भयो । लिम्बुवानका केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्रीले सभालाई सम्बोधन गर्दै पहिचानसहितको लिम्बुवान आन्दोलन र सम्पूर्ण लिम्बुवानवासी गैर–लिम्बू जातिहरूले खेल्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नुुभयो । वहाँले मुलुकमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रलाई अन्त्य गरेपछि २०६२ को आन्दोलनले संघीयता, गणतन्त्र र धर्मरिनपेक्षताको आधार तय गरेको र पुराना एकात्मक पार्टीहरूले मात्र यो उपलब्धिलाई संस्थागत गर्न नसक्ने भएकोले छुट्टै संघीयवादी पार्टी र आन्दोलनको आवश्यकता भएको बताउनु भयो । क्षेत्रीले यही उद्देश्यको लागि नै आफू सम्बद्ध पार्टी स्थापना भई संघीय लिम्बुवान आन्दोलनको उभार आइरहेको बताउनु भयो । साथै, वहाँले यो आन्दोलन लिम्बुावनवासी सबैको भएकोले सबै जात, जाति र सम्प्रदायहरू यस सङ्गठन र आन्दोलनमा निसङ्कोच लाग्न हुन समेत आह्वान गर्नुभयो । लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठले सभालाई सम्बोधन गर्दै आफूहरूले आफ्नै ठाउँमा हिजोको भन्दा सुरक्षित र व्यवस्थित् तरिकाले शिक्षा, स्वास्थ्य रोजगारी र विकास गर्ने आधार बनाउन लिम्बुवान सुनिश्चित हुनुपर्ने र त्यसको लागि यो आन्दोलन लागेको बताउँदै सबैलाई यस आन्दोलमा जोडिन हुन आग्रह गर्नुभयो । वहाँले थप भन्नुभयो– ‘‘एमाले, कांग्रेसले संघीयताको विरोध गरेर हामीले चाहेको संघीयता हुन दिइरहेका छैनन् र यसको विरुद्धमा हामीहरू लागेका छौं ।’’ आमसभालाई सम्बोधन गर्दै लिम्बुवानका अर्थ–सचिव नोनाम लिङलेकूले लिम्बुवानको समसामयिक गतिविधि र आर्थिक नीति बारे प्रकाश पार्नुभएको थियो । वहाँले काठमाडौंको एकात्मक केन्द्रीकृत राज्य सत्ताले लिम्बुवानी जनताले तिरेको कर, भन्सारबाट उठेको कर र विदेशबाट लिएको ऋण तथा अनुदान रकमहरू सबै एकात्मकक सत्ताधारीहरूले खाइरहेको बताउनु भयो । यसरी एकात्मक राज्य सत्ताले नेपाली जनताहरूलाई शोषण र उत्पीडन गरिरहेको बताउँदै सो काठमाडौं केन्द्रीकृत एकात्मक राज्य सत्तालाई ध्वस्त गरेर संघीयता र लिम्बुवान स्वायत्त राज्य कायम गरेपछिमात्र लिम्बुवानवासी जनताको राजनीतिक र आर्थिक अधिकारको सुनिश्चितता हुने बताउनु भयो । लिम्बुवानका उप–महासचिव तथा संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङले सभालाई सम्बोधन गर्दै हिजोका एकात्मक राजनीतिक दलहरूले महिलाहरूलाई अधिकार दिन्छौं र घरेलु हिङ्साहरूलाई समाप्त पार्छौं भनेर विभिन्न भाषणहरू दिँदै जनताको मतहरू लिएको बताउनु भयो । वहाँले महिलाहरूचाहिँ केवल भोट ब्याङ्क मात्र नभएको स्पष्ट पार्दै ती बच्चा जन्माउने महिलाहरू र तिनका भाँडा माझ्ने हातहरूले पनि आज देश चलाउन सक्ने कुरा बताउनु भयो । लिम्बुवानका उपाध्यक्ष ज्ञानु इम्बुङले आमसभालाई सम्बोधन गर्नेक्रममा लिम्बुवान किन भन्ने बारेमा जोड दिँदै नेपाल एकीकरणमो नाममा एकात्मकरण हुनुभन्दा पहिले लिम्बुवान लगायतका स्वतन्त्र राज्यहरू भएको बताउनु भयो । वहाँले आज मुलुक संघीयता र गणतन्त्रमा जाँदा ती स्वतन्त्रको राज्यहरूको ऐतिहासिक पृष्ठभूमिको आधार लिम्बुवान, खम्बुवान... नै हुनुपर्छ भन्ने आफ्नो पार्टीको मूल नारा रहेको बताउनु भयो । उपाध्यक्ष इम्बुङले यो भूमिको पहिचान लिम्बुवाननै हुनुपर्छ भन्ने लिम्बुवानवासी जनताको पनि मूल माग रहेको बताउनु भयो । यो लिम्बुवान नाम आजको कुनै लिम्बुवानका नेताहरूले राखेको नभई ऐतिहासिक लिम्बुवानको क्रान्तिले जन्माएको नाम भएको बताउनु भयो । लिम्बुवान हुँदा कोही फूलमालाले पर्सिनु पर्ने र कोही तर्सिनु पर्ने अवस्था नभएको भन्दै लिम्बुवान ऐतिहासिक भूगोल र हिजोको स्वतन्त्र राज्यको नाम भएको बताउनु भयो । वहाँले लिम्बुवानको पहिचान नेपालको पहिचानभन्दा पनि जेठो भएको दावी गर्नुभयो । यसैगरी, आमसभलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासविच खगेन्द्र माखिमले लिम्बुवान र नेपालमै उठेको संघीयता र लिम्बुवानको आन्दोलनमा कुनै योगदान नदिने तर संघीयता र लिम्बुवान भएमा सबैभन्दा पहिले त्यसको फाइदा आफैले लुट्ने दाउमा रहेका एकात्मक चिन्तनले ग्रस्त केही मानिसहरू भएको बताउँदै त्यस्ता तत्वहरूबाट सधैं सजग र सचेत रहनु पर्ने बताउनु भयो । त्यस्तै, अर्को पक्ष आन्दोलनलाई अगाडि बढ्नै नदिने, षडयन्त्र गरेको ग¥यै गर्ने, अलिकति अडाडि बढ्यो कि फुटाई या टुक्र्याई हाल्ने प्रवृत्तिका तत्वहरू पनि भएकोले यिनीहरूबाट हामी संघीय–लिम्बुवानवादी शक्तिहरू सचेत रहेर सङ्घर्ष गर्दै जानुपर्ने धारणा राख्नु भयो । वहाँले एकात्मक सिंहदरबार र लिम्बुवानका यस्ता षडयन्त्रकारीहरूसँग कुनै सम्झौता नगरी र प्रलोभनमा नफसी संघीय–लिम्बुवान आन्दोलनाई सफल बनाएरै छोड्ने प्रतिवद्धता समेत जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले आमसभालाई सम्बोधन गर्नेक्रममा आठराईथुमको ऐतिहासिकलाई खोतल्दै यही आठराई भूमिको अन्न पानी खाएर, शिक्षा लिएर र भोट पाएर गएका एकात्मक दलका दलालहरूले यही भूमिलाई नै लात मारिरहेको बताउनु भयो । वहाँले आठराईजस्तो ऐतिहासिक भूमिमा लिम्बुवानको आमसभा गर्न पाउँदा आफूहरूलाई गौरब लागेको बताउनु भयो । अध्यक्षले २०१७ सालमै स्थापना भएको चुहानडाँडाको क्यापसमा कहिल्यै पनि आठराईकै नाम कसरी रहन गयो भन्ने इतिहासको बारेमा पढाई नभएको पीडा पोख्दै किन त्यस्तो भयो भनी एकात्मकवादीहरूलाई गम्भीर प्रश्न गर्नुभयो । वहाँले एकात्मक पार्टी कांग्रेस र एमालेहरू टुप्पोमा चढेर फेद काट्ने कालीदास शैलीको राजनीति गरिरहेको भन्दै त्यसप्रति लिम्बुवानको घोर आपत्ती रहेको बताउनु भयो । अध्यक्ष ‘मिराक’ले भन्नु भयो– यही लिम्बुवानको पानी खानु छ र माटोमा बस्नु छ, फेरि लिम्बुवानको कायम हुन आँट्यो भने यो साम्प्रदायिक र जातीय भयो भन्ने यो कालीदासे शैलीको सत्तामा गएर लिम्बुवानको चिहान खन्ने राजनीति नगर्न एकात्मकवादीहरुलाई सचेत गराउनु भयो । यी एकात्मकवादी एमाले कांग्रेसहरू हाम्रै जनताको काँध चढेर माथि सत्तामा चढ्ने अनि प्रशासनको बन्दुक अदालत, डीएसपी र सीडिओको धाकधम्की देखाएर हामीलाई तर्साउनु पर्ने ? यो कस्तो राजनीति हो भनी प्रतिप्रश्न गर्नुभयो । साथै, यस्तो व्यवस्थाको घोर विरोध र भत्र्सना पनि गर्नुभयो । वहाँले अहिलेका सुरक्षा प्रमुख प्रत्येक सीडीओको नेतृत्वमा बारम्बार बैठक बस्ने अनि संघीयता र लिम्बुवान आन्दोलनलाई कसरी दमन गर्ने भनेर योजना बन्ने बताउनु भयो । तर, कसरी सीमाको रक्षा गर्ने, कसरी चोर, डाका र फटाहाहरूलाई तह लगाउने ? भ्रष्टचारलाई कसरी उन्मूलन गर्ने बारेमा सीडीओको कोठामा छलफल र योजना नहुने तर लिम्बुवानलाई कसरी सिध्याउने भन्ने रणनीति मात्र हुने बताउनु भयो । अध्यक्ष ‘मिराक’ले ती निकायहरूलाई चुनौती दिँदै भन्नुभयो– ‘‘ती सीडियोको कुर्सीहरू भनेको जनताको चाहनाको रक्षा गर्नु भएकोले यदि त्यसको विरुद्धमा षडयन्त्र मात्र हुन्छ भने एक दिन लिम्बुवानी जनताले शाहसका साथ तिनीहरको विरुद्धमा विद्रोह गर्ने समेत चेतावनी दिनुभयो । वहाँले सम्पूर्ण संघीयवादी लिम्बुवानी जनतालाई संघीयता र लिम्बुवानको पक्षमा सङ्गठित भई निरन्तर आ–आफ्नो क्षेत्रबाट लागिरहन समेत आह्वान गर्नुभयो । आठराईको सङ्क्रान्तिमा आयोजित सोही आमसभाकै अवसरमा १५० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुले एकात्मक दल एमाले, कांग्रेस, माओवादीमालाई परित्याग गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गरे । नव प्रवेशी योद्धाहरूलाई प्रमुख अतिथि कुमार लिङदने ‘मिराक’, मञ्चका महासचवि खगेन्द्र माखिम लगायतले स्वागत गर्नु भएको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, प्रवास कार्य समिति हङकङको विशेष सहयोग तथा खगेन्द्र योङहाङ , सुभाङ; विमली निर्माण सेवा र सुमन हाङस्रोङ खाम्लालुङ लगायतले कार्यक्रमलाई आर्थिक सहयोग गरेका थिए । उक्त आमसभा कार्यक्रमलाई स्थानीय रेडियो एफएमहरू रेडियो मेन्छ्यायेम, तमोर एफएम र सिंहलीला एफएमबाट लिम्बुवानभर र देश–विदेशमा पनि सुन्न सकिने गरी प्रत्यक्ष प्रशारण गरिएको थियो । सोही आमसभा भएको दोस्रो दिन पुस ८ गते आठराई संक्रान्तिमा संघीय मञ्च तथा लिम्बुवानका सचिवालय सदस्य डीबी लिम्बूको विशेष आतिथ्य र के. स. कृष्ण तुम्बाहाङ्फे तथा जिल्ला पधाकिारीहरू अध्यक्ष देवनारायण सम्बाहाङफे, उपाध्यक्ष विशाल कुरुम्बाङ जि. सचिवालय सदस्यहरू विवश निङ्लेकू, मृगेन इङनाम, सेसेहाङ चोङबाङ र मनकुमार फोम्बोको आतिथ्यमा प्रथम ऐतिहासिक थुम् सम्मेलन सम्पन्न भयो । सम्मेलनले रामकुमार इङ्नामको अध्यक्ष्तामा व. उपाध्यक्ष गणेश कन्दङ्वा, उपाध्यक्ष सुर्य इङ्नाम, सचिव सृजना इङ्नाम, अर्थ–सचिव अनिल कङदङ्वा, संगठन सचिव कुमार इङ्नाम, महिला सचिव एनुसा कन्दङ्वा, सूचना तथा सञ्चार सचिव भिम माबो तथा सदस्यहरूः सुमन इङ्नाम, हाङनारायण इङ्नाम, बमबहादुर कन्दङ्वा, गरुणगौरव कन्दङ्वा, बालकुमार कन्दङ्वा र युगल कन्दङ्वा लगायत रहेको आठराई थुम् कार्य समितिको समेत चयन गरेको छ । - डीबी आङ्बुङ, लिम्बुवान

No comments: