News

Jan 7, 2013

महासेनानी लामालाई थुनामा राख्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मानब अधिकार उल्लंघनको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई न्यायिक हिरासतमा राख्ने आदेश दिईएको छ । माओवादी युद्धकालका पीडितको उजुरीका आधारमा बेलायत सरकारले दुई दिन अघि लामालाई लण्डन नजिकको ससेक्स शहरबाट पक्राउ गरेको थियो । लामालाई वेस्टमिन्स्टर मेजिस्ट्रेटको कार्यालयमा शनिबार उपस्थित गराईंदा जनवरी २४ सम्म हिरासतमा राख्ने आदेश भएको समाचार एजेन्सी बीबीसीले जनाएको छ । कर्णेल लामामाथि कपिलवस्तुको गोरुसिंगेस्थित सैनिक ब्यारेकको प्रमुख रहेका बेला पक्राउ गरेर लगिएका माओवादी कार्यकर्ताको हत्या गरेको आरोप छ । यता, नेपाल सरकारले भने नेपाली सेनाका बहालवाला महासेनानी लामालाई बेलायत सरकारले पक्रेकोमा आपत्ति जनाएको छ । दक्षिण सुडानस्थित शान्ति मिसनमा कार्यरत कर्णेल लामालाई बेलायतमा बस्दै आएकी श्रीमती भेट्न जाँदा माओवादी युद्धकालमा मानवअधिकार हनन गरेको आरोपमा ब्रिटेनको दक्षिण पूर्वी शहर ससेक्सबाट गिरफतार गरिएको हो ।

No comments: