News

Jan 30, 2013

चीन सैन्य शक्तिमा नम्बर १ बन्ने तयारी गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनले सैन्य शक्ति निर्माणमा विश्वमा पहिलो स्थान प्राप्त गर्ने प्रयासहरु सफलताका साथ परीक्षण गरेको सार्वजनिक गरेको छ। आफैँले उत्पान गरेका मालवाहक विमानको सफल परीक्षण गरेर चीनले सैन्य क्षेत्रमा नयाँ फड्को मार्ने कुराको सार्वजनिक गरेको हो । स्थानीय तहबाट नै निर्माण गरिएका विमान, ट्यांक र फौजलाई कठिन हिमाली क्षेत्रमा उर्तान सक्ने क्षमताको ‘वाई–२०’ नाम गरेको एक विमानलाई उसले सफलताका साथ प्ररीक्षण गरेपछि यस्तो बताएको हो । सिन्ह्वाले जनाएअनुसार उत्तर–पश्चिम चीनमा विमानको सफल परीक्षण गरिएको छ । स्थानीय जनशक्तिको प्रयोग गरेर बनाएको उक्त युद्ध विमान तिब्बतजस्ता कठिन हिमाली भूभागमा युद्ध सामग्री तथा फौज उतार्न सफल भएको चीनले सार्वजनिक गरेको छ । यो निर्माण गरेसँगै चीनले आफूलाई युद्धक्षेत्रमा सामान ओसारपसार गर्नका लागि विमान निर्माण गर्न सफल भएको प्रमाणित गरेको छ । यस अघि युद्ध क्षेत्रमा मालसामान ओसार पसारका लागि अमेरिकाले ‘सी–१७’ र रुसले ‘‘इल–७६’ नामक विमानको निर्माण गरेका थिए । युद्ध क्षेत्रमा प्रयोग हुने मालवाहक विमानको विश्वबजारमा अमेरिका र रुसको आधिपत्य रहेका बेला चीनले आफूलाई समेत उक्त ठाउँमा उभ्यउँन सफल भएको हो ।

No comments: