News

Jan 11, 2013

लिङदेन सयङ संग अध्यक्ष कुमार लिङदेन मिराकको भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, आम्भु जेठा, १० जनवरी, नेपालको पुर्व लिम्बुवानको विभिन्न स्थानमा आफ्नो स्थाइ वसोवास भइ रोजगारीको शिलसिलामा हङकङमा वासोवास गर्ने लिङदेन सयङ हङकङले वुधवार साँझ जोर्डन स्थित कौलन करी हाउसमा पारिवारिक भेटघाट आयोजना गरेको छ । मञ्च सम्वद्घ संघिय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङदेनको प्रमुख अतिथिमा उक्त भेला सम्पन्न भएको थियो । अध्यक्ष मिराकले कार्यक्रममा महागुरु फाल्गुनन्दको स्मरण गराउदै आफ्नो राजनैतिक कार्यक्रमको वारेमा जानकारी गराउनु भयो । लिम्बुवानको लडाइ अन्तिम–अन्तिम अवस्थामा पुगेको भन्दै आफ्नो घाटि छिनेर जाओस तर लिङदेन परिवारवाट लिम्बुवान आन्दोलनलाई झुक्न नदिने सयङमा अध्यक्ष लिङदेनले प्रतिवद्घता व्यक्त गर्नु भयो । अध्यक्ष लिङदेनले एमालेको मिटिङ काङग्रेसको कार्यालयमा हुने गरेकोले संघियवादि, लिम्बुवानवादिहरुले गंभिर भएर सोच्नु पर्ने वताउनु भयो । लिम्बुवान ल्याउन एक–दुई जना मात्र लागेर नहुने भएकोले सवै दाजु–भाईहरु उत्साहित हुँदै लागि पर्नु पर्ने वताउनु भयो । लिम्बुवानको अन्तिम लडाइको लागि आफ्नो दाजु–भाई लगायत सबै लिम्बुवानवासीहरु एकजुट हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लिङदेन आफ्नो राजनैतिक भ्रमणको क्रममा कोरिया हुदै हङकङ आउनु भएको अवसरमा भेटघाट कार्यक्रमको आयोजना यहाँको लिङदेन सयङले गरेका थियो । सयङको भेलामा हङकङमा रहेका केहि लिङदेन वन्धुहरु र लिङदेनका छोरी–चेली, भाना–भान्जा, तथा मञ्च संम्बद्घ संघिय लिम्बुवान राज्य परिषद प्रवास समितिका अध्यक्ष विष्णु इङनाम, समितिका आइलेण्ड अध्यक्ष कुमार लिम्बु, लगायत अन्य तुम्याहाङहरुको समेत उपस्थित रहेको थियो । भेटघाट कार्यक्रममा सयङको अध्यक्ष कमल लिङदेन, सल्लाहकार सरेन्द्र लिङदेन र तारासिं लिङदेन, सदस्य भुवन लिङदेन, उपाध्यक्ष रविन लिङदेन, सचिव झरमान लिङदेनले आ–आफ्नो भनाई राख्नु भएको थियो । अन्तयमा, हङकङवासी लिङदेनहरुमा लिम्बुवानको वारेमा गंभिर छलफल भएको अध्यक्ष कुमार लिङदेन मिराकको भनाइ थियो ।

No comments: