News

Jan 29, 2013

फेसबुकका मालिक जुकरबर्ग कार्यकर्ता बनेर राजनीतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फेसबुकका मालिक तथा सहसंस्थापक मार्क जुकरबर्ग राजनीतिमा लागेका छन् । नेपालमा भएको भए यस्ता चर्चित व्यक्तिलाई कुनै पार्टीले ठूलै पद दिएर भित्राउँथ्यो होला । तर जुकरबर्ग भने एक जना नेताको कार्यकर्ता बनेर राजनीतिमा पाइला हाल्न लागेका हुन् । जुकरबर्ग अर्को महिनादेखि न्यु जर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीको चुनावी अभियानमा होमिन लागेको फेसबुकले पुष्टी गरेको छ । अर्बपति जुकरबर्ग क्रिसको चुनावी अभियानका लागि खर्च जुटाउने कार्यक्रमहरुमा सहभागि हुनेछन् । यसै क्रममा मध्य फेब्रुअरीमा उनको क्यालिफोर्नियास्थित पालो अल्टोमा रहेको घरमा एक कार्यक्रमको आयोजना हुनेछ । न्यू जर्सी राज्यका गभर्नर क्रिस्टी समेत सहभागि हुने उक्त कार्यक्रम आगामी गभर्नरको चुनाव र त्यसको प्रचार अभियानका विषयमा केन्द्रीत हुनेछ । स्मरण रहोस् रिपब्लिकन पार्टीका क्रिस्टीलाई अमेरिकाका भावी राष्टपतिका प्रत्यासी समेत ठानिएको छ । रिपब्लिकन पार्टीको कार्यकर्ता बनेका पति जुकरबर्ग भावी राष्टपतिलाई बोलाएर घरमा राजनीतिक कार्यक्रम गर्न लागेको प्रति जुकरबर्गकी पत्नी पि्रस्सीला पनि खुसी रहेको एएफपीले जनाएको छ । स्मरण रहोस् जुकरबर्ग र क्रिस्टी ३ वर्षदेखि मिल्ने साथीको रुपमा रहेका छन् । जुकरबर्गको घरमा हुने चुनावी कार्यक्रमबाट ३ हजार ८ सय अमेरिकी डलर रकम उठ्ने अपेक्षा गरिएको छ ।

No comments: