News

Jan 5, 2013

राष्ट्रपतिद्वारा सहमतिका लागि आठौँ पटक म्याद थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गर्दै राष्ट्रपति कार्यालयले आठौँ पटक म्याद थप गरेको छ। अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैनिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दललाई पहिलो पटक मंसिर ८ गते गरेको आह्वान पछि निरन्तर पुस २० गतेसम्मलाई सहमतिका लागि थपिएको समयमा सहमति नभएपछि राष्ट्रपति कार्यालयले आज पुन पाँच दिनको समय थप गरेको हो । पुरानै शैलीमा राष्ट्रपति कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिँदै आज पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म राजनैतिक सहमति कायम गर्नका लागि म्याद थप गरिएको छ ।

No comments: