News

Apr 19, 2008

नारायणहिटी छाड्न ज्ञानेन्द्रलाई ४ हप्ताको अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं, April 18, 2008
राजतन्त्रको प्रमुख मुद्धासहित संविधानसभा निर्वाचनमा सफलता प्राप्त गरेको नेकपा माओवादी ले राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरवार छाड्न अल्टिमेटम दिएको छ । नारायणहिटी छाड्न राजा ज्ञानेन्द्रले ४ हप्ताको समय पाएका छन् । शीर्ष नारायणहिटी नछाडे जनताको नेतृत्व गर्दै माओवादीले ज्ञानेन्द्रलाई नारायणहिटी छाड्न बाध्य पार्ने चेतावनी दिएका छन् । बीबीसी नेपाली सेवाद्धारा साचालित साझा सवाल विषयक कार्यक्रममा बोल्दै माओवादी नेता डा। भटराईले यस्तो चेतावनी दिएका हुन् । उनले भने- 'संविधान सभामा नेपाली जनताले गणतन्त्र कार्यान्वयन गर्न नेपाली जनताले म्याण्डेट दिइसकेका छन् । त्यसैले राजा ज्ञानेन्द्र चार हप्ताभित्र नारायणहिटीबाट निर्मल निवास जानुपर्छ । अन्यथा जनताले उनलाई नारायणहिटीबाट निकालिदिनेछन् ।'सो कार्यक्रममा बीबीसीले नारायणहिटीबाट राजा हटेको देख्न कहिलेसम्म पर्खनुपर्ला भन्ने प्रश्न सोधेको थियो । जवाफमा माओवादी नेता भटराईले चार हप्ताको समयसीमा तोक्नुभएको हो । उहाँले योपनि भन्नुभयो- 'राजाले सोझो तरिकाले छोडेभने उनलाई सामान्य नागरिक सरह नेपालमै रहने व्यवस्था गरिनेछ ।'

No comments: