News

Apr 30, 2008

माओवादी केन्द्रीय समिति बैठक सकिदै

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
समानुपातिकबाट संविधानसभामा पार्टीले पठाउने एक सय जनाको नामको टुङ्गो गर्दै तीन दिनदेखि जारी माओवादी केन्द्रीय समिति बैठक आज बैशाख १८ गते समाप्त हुदैछ । माओवादी केन्द्रीय समितिको बैठक समानुपातिकबाट संविधानसभामा चुनिनेहरुको नामको टुङ्गो गरेर बैशाख १८ गते सकिदैछ । माओवादीले समानुपातिकबाट संविधानसभामा एक सय जनालाई पठाउन सक्नेछ । माओवादीको केन्द्रीय सचिवालय सदस्य सिपी गजुरेलले आजै समानुपातिकबाट संविधानसभामा जानेहरुको नाम टुङ्गो लगाइने तथा भोली ती नाम निर्वाचन आयोगमा बुझाईने जानकारी दिए । तीन दिन चलेको माओवादी बैठकले संविधानसभा चुनावमा पार्टीले ठूलो सफलता पाएको मूल्याङ्कन गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार, संविधानसभा चुनावमा पार्टीले राष्ट्रपतीय प्रणालीको पक्षमा मत मागे पनि अन्य दलसँग सहमति गर्नुपर्ने वाध्यताका कारण प्रधानमन्त्री कार्यकारी हुने तथा प्रधानमन्त्री नै राष्ट्रप्रमुख पनि हुने अहिलेकै प्रणालीलाई निरन्तरता दिने बैठकले निर्णय गर्‍यो । यसैगरी, बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री र राष्ट्रप्रमुख बनाउने निर्णय गरेको पनि गजुरेलले उल्लेख गरे । माओवादी बैठकले मुलुकमा एउटै कम्युनिष्ट पार्टी बनाउन कम्युनिष्ट पार्टीबीच एकताको पहल गर्ने तथा एकताकेन्द्रसँगको एकता प्रयासलाई तीब्र बनाउने पनि निर्णय गरेको गजुरेलले जानकारी दिए ।

No comments: